परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना « Khabarhub

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना गरेको छ।

मन्त्रालयले गरेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) का आधारमा संयुक्त राष्ट्रसङ्घ तथा विशिष्टीकृत सङ्घसंस्था महाशाखाअन्तर्गत रहने गरी उक्त शाखा खडा गरिएको हो। उपसचिवले नेतृत्व गर्ने यो शाखाले जलवायु तथा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायहरूसँग समन्वय गर्नेछ।

नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनको प्रभावबारे उठाउँदै आएका विषयलाई समन्वित र दीर्घकालीन रूपमा अघि बढाउन नयाँ संरचना तयार पारिएको हो।

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागिता जनाउने विषयमा मात्र सीमित नराखी दीर्घकालीन प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताए।

“संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तन सम्मेलन (कोप) देखि कोपसम्म वा अन्य कार्यक्रमहरूमा सहभागिता जनाउनेमा मात्र केन्द्रित भएर पुग्दैन,” मन्त्री खनालले भने, “मुलुकको दीर्घकालीन हितलाई केन्द्रमा राखेर यो शाखा स्थापना गरिएको हो। भविष्यमा कार्यबोझका आधारमा यसको संरचनालाई थप सुदृढ गर्दै लगिनेछ।”

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ११ : ३४ बजे

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

मस्को- युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला क्रेमलिनको सत्तामाथिको

देवानगञ्जमा युवकलाई गोली हानिएको घटना प्रहरीले किन लुकायो ?

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार भएको घटनामा स्थानीय निरजकुमार

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

रियाद– यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी

एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

नागोया– आयोजक जापानले बीसौँ एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको