नेकपा बहुमतले भन्यो : दीपक गुटको भेला अनाधिकृत र भ्रमपूर्ण, त्यो सम्मेलन होइन « Khabarhub

नेकपा बहुमतले भन्यो : दीपक गुटको भेला अनाधिकृत र भ्रमपूर्ण, त्यो सम्मेलन होइन


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आगामी असोज ५ देखि १० गतेसम्म तय भएको राष्ट्रिय सम्मेलन स्थगित गरिएको स्पष्ट पारेको छ।

पार्टीबाट निष्कासित तथा पदमुक्त व्यक्तिहरूले सोही मितिमा सम्मेलन हुने भन्दै अनधिकृत गतिविधि गरेकोमा पार्टीले गम्भीर आपत्ति जनाएको छ।

पार्टी अध्यक्ष कञ्चनले असोज ४ गते जारी गर्नुभएको प्रेस वक्तव्यमा प्राकृतिक विपत्तिका कारण सम्मेलन स्थगित गर्नुपरेको उल्लेख गरिएको छ।

गत भदौ १० गतेको अविरल वर्षा र बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको तथा पीडितहरूको राहत र उद्धारमा पार्टी पंक्ति केन्द्रित हुनुपर्ने भएकाले भदौ १५ गतेको केन्द्रीय कार्यालयको निर्णयअनुसार राष्ट्रिय सम्मेलन स्थगित गरिएको हो।

पार्टीबाट पदमुक्त उदयबहादुर चलाउने ‘दीपक’ र निष्कासित गुणराज लोहनीलगायतले असोज ५ गतेदेखि सम्मेलन हुने भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोप लगाइएको छ।

पार्टीको संस्थागत निर्णयविपरीत गरिने गुटगत भेला वा बैठकलाई आधिकारिक मान्न नहुने भन्दै यसलाई अवसरवाद र चरम पदलोलुपताको अभिव्यक्ति भनिएको छ।

अनधिकृत भेलाबाट गरिएका निर्णयहरूलाई आधिकारिक रूपमा प्रचार नगर्न र भ्रममा नपरी पार्टीमा एकताबद्ध रहन सम्पूर्ण कार्यकर्ता तथा जनसमुदायलाई आग्रह गरिएको छ।

पार्टीभित्र वैचारिक मतभेद राख्ने अधिकार भए पनि निर्णय अस्वीकार गर्दै समानान्तर संरचना खडा गर्ने गतिविधि सैह्य नहुने चेतावनी दिँदै नेतृत्वले यस्ता गतिविधिमा संलग्नहरूमाथि भ्रमित नभई सजग रहन अपिल गरेको छ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  २ : ४९ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि