आर्थिक संकटमा बालगायक अशोक दर्जी, ‘अहिले न पैसा छ, न बैंक ब्यालेन्स’ « Khabarhub

आर्थिक संकटमा बालगायक अशोक दर्जी, ‘अहिले न पैसा छ, न बैंक ब्यालेन्स’


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित बालगायक अशोक दर्जीले आफू गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा भावुक भनाइ राख्दै झापा निवासी उनले आफ्नो वर्तमान अवस्था र जीवनका संघर्षबारे खुलाएका हुन्।

‘मेरो लाइफमा मैले हार पनि खाएँ, जितेँ पनि, फेरि लडेँ पनि। आज म सडकको बच्चा सडकमै छु,’ उनले लेखेका छन्।

आफूसँग अहिले पैसा तथा बैंक ब्यालेन्स केही नरहेको उल्लेख गर्दै दर्जीले दर्शक–श्रोता र समाजको सहयोगमा बनेको एउटा घर तथा कसैले दिएको अधिया जग्गाबाहेक आफूसँग केही नरहेको बताएका छन्।

संगीतकार टंक बुढाथोकीसँगको पछिल्लो विवाद र सहकार्य अन्त्यतर्फ संकेत गर्दै उनले आफू धेरै थाकिसकेको र अब जीवनलाई सरल ढंगले अघि बढाउन चाहेको बताएका छन्।

बाल्यकालमै सडकमा गीत गाउँदै गर्दा बुढाथोकीले दर्जीलाई पहिचान गरेका थिए। त्यसपछि ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ लगायत गीतमार्फत उनी चर्चामा आएका थिए। उनको परिवारका लागि सर्वसाधारण तथा प्रवासी नेपालीको सहयोगमा घरसमेत निर्माण गरिएको थियो।

चाडपर्व नजिकिँदै गर्दा परिवार र भाइबहिनीको लालनपालन तथा खर्च व्यवस्थापनको चिन्ता रहेको उनले बताएका छन्। ‘अब दशैँ–तिहार आउँदै छ, खर्च कसरी चलाउने ? पढ्नुपर्ने उमेरमा पैसाको भोक र बाध्यता छ,’ उनले लेखेका छन्।

गरिब परिवारमा जन्मनु आफ्नो गल्ती नभएको भन्दै उनले कसैलाई दोष नदिएको बताएका छन्। आफ्ना गल्ती भए माफी माग्दै उनले आत्मबल र हौसला भने बाँकी रहेको बताएका छन्।

दर्जीले आफू छिट्टै नयाँ गीत लिएर दर्शक–श्रोतामाझ आउने तयारीमा रहेको जनाउँदै सबैको निरन्तर साथको अपेक्षासमेत गरेका छन्।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  २ : ५५ बजे

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काठमाडौं– यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि