‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम « Khabarhub

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि औपचारिक रूपमा काम थालेको जनाएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकमा भोटेकोशी बाढीपछिको खोज तथा उद्धार, राहतलगायत विषयमा छलफल भएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

खरेलका अनुसार पार्टीले यसअघि नै उठाउँदै आएको ‘राइट टु रिकल’को विषयमा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कमिटी गठन गरिसकेको छ। उक्त व्यवस्था सबैभन्दा ठूलो दलबाटै कार्यान्वयन गर्ने पार्टीको तयारी रहेको उनले बताए।

भदौ १० गते रसुवाको भोटेकोशीमा बाढी आएपछि रोकिएका रास्वपाका सार्वजनिक गतिविधि आइतबारदेखि पुनः सञ्चालनमा आएका छन्।

बैठकमा पार्टी सभापति रवि लामिछानेले पार्टी र सरकारबीचको सम्बन्ध तथा तालमेललाई बलियो बनाउनुपर्ने धारणा राखेको खरेलले बताए।

सरकारलाई प्रश्न उठाउँदा सामाजिक सञ्जालमा गालीगलौज हुने गरेको विषयमा पनि बैठकमा छलफल भएको उनले बताए। संसद्बाट सरकारलाई प्रश्न गर्दैमा सामाजिक सञ्जालमा गाली नगर्न सभापति लामिछानेले आग्रह गरेको खरेलको भनाइ छ।

सामाजिक सञ्जालमा हुने गालीगलौज तथा साइबर अपराधका विषयमा अनुसन्धान गर्ने निकाय नेपाल प्रहरीको साइबर ब्युरो भएकाले त्यसले आवश्यक काम गरिरहेको हुनुपर्ने उनले बताए।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ३ : ५७ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि