आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल


३ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख। असोज शुक्ल पक्षको वडादसैँको महानवमी तिथि ।  सिद्धिदात्रीदेवीको पूजा आरधना गरिँदै छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आम्दानी  हुनेछ । साथीभाइ दाहिना भएकाले मन खुशी रहनेछ। स्वास्थ्यमा भने  समस्या हुने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : तपाईंको बोलीका कारण महत्त्वपूर्ण काम बन्नेछ। धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। आज तपाईंको आम्दानी बढ्नेछ। राजनीतिमा धोका मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : सञ्चित धन खर्च हुनेछ। खर्च बढ्दा मनमा चिन्ता बढ्नेछ। तपाईंको बोलीले आफन्त टाढिने जोखिम छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : धनलक्ष्मी योग परेको छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा गरेको मिहिनेतको फल प्राप्त होला। साथीभाइको साथ मिल्ने भएकाले सोचेको काम गर्न अगाडि बढ्नु उचित हुनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ ।

सिंह : आफूले सोचेको काम नबन्ने जोखिम छ। मनमा चिन्ता थपिनेछ । तर परिवारको साथ र सहयोग प्राप्त हुनेछ। कृषिजन्य उत्पादनको व्यापारबाट फाइदा हुनेछ।

कन्या : तपाईंले सोचेका काम पूरा हुनेछ। साथीभाइसँगको भेटले मन खुसी हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

तुला : उपचारमा भए स्वास्थयमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा भने ढिलासुस्ती बढ्नेछ। परिवारको सल्लाह लिएर ठुलो कामको सुरुवात गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। यात्रामा सावधानी  अपनाउनुपर्नेछ ।

वृश्चिक : आज कार्य सफल हुनेछ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा भने समस्या हुनसक्छ। राज्यको तर्फबाट भने सेवाको अवसर मिल्नेछ।

धनु : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। बौद्धिक व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्नेछ।

मकर : दिन राम्रो छ। दाजुभाइसँकागे सहकार्यले मन शान्त बन्नेछ। आफ्नो गलत निर्णयले पश्चाताप हुनेछ। मनमा रहेको अशान्ति हटाउन धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ।

कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। आज जोगिएर काम गर्नुपर्ने दिन छ । व्यापारमा थप मिहिनेत गर्नुपर्ने दिन छ । शिक्षामा गरेको श्रमको मूल्य पाउनु हुनेछ ।

मीन : बोलीको  प्रभावले  काम बन्नेछ । गुम्न लागेको धन हात लाग्दा मन प्रशन्न हुनेछ । मनलाई नियन्त्रण गर्न धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उपयुक्त हुनेछ । व्यापारमा थप लगानी नगर्नु उचित हुन्छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  ५ : १९ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६