युक्रेन युद्ध अन्त्यका लागि रुससँग वार्ता गर्न युरोपेली नेता तयार « Khabarhub

युक्रेन युद्ध अन्त्यका लागि रुससँग वार्ता गर्न युरोपेली नेता तयार


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्लिन- युक्रेनमा जारी युद्ध अन्त्यका लागि युरोपेली नेताहरूले रुससँग वार्ता गर्न आफूहरू तयार रहेको बताएका छन् । उनीहरूले युक्रेनको समर्थनमा एकजुट रहेको प्रतिबद्धता दोहोर्‍याएका छन् ।

बर्लिनमा आयोजित युक्रेनका सहयोगी राष्ट्रहरूको सम्मेलन ‘कोएलिसन अफ द विलिङ’मा सहभागी युरोपेली नेताहरूले युद्ध अन्त्यका लागि वार्ताको आवश्यकता औँल्याएका हुन् ।

बेलायतका प्रधानमन्त्री एन्डी बर्नमले रुससँगको वार्ताका विषयमा युरोपको धारणा स्पष्ट र एकताबद्ध रहेको बताए। जर्मनीका चान्सलर फ्रिड्रिख मर्त्जले भने रुसले अघि सारेका अधिकांश माग व्यावहारिक नरहेको टिप्पणी गरे।

सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुशनर पनि सहभागी थिए। उनी अमेरिकाका दुई विशेष दूतमध्ये एकका रूपमा सम्मेलनमा उपस्थित भएका हुन् ।

कुशनरले राष्ट्रपति ट्रम्प युरोपलाई समेत सहभागी गराएर रुससँग शान्ति सम्झौता गर्न चाहेको बताए ।

यद्यपि, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाको नेतृत्वमा भइरहेको शान्ति वार्तामा युरोपको भूमिकालाई अहिलेसम्म अस्वीकार गर्दै आएका छन्।

बर्लिन सम्मेलनलाई युक्रेन युद्ध अन्त्यका लागि कूटनीतिक पहल अघि बढाउने तथा युक्रेनलाई सहयोग गर्ने राष्ट्रहरूबीच साझा धारणा निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  १२ : २९ बजे

स्थानीय निर्वाचनको तयारीबारे शीर्ष नेताहरूसँग आयोगको छलफल

काठमाडौँ – स्थानीय तहको निर्वाचनको तयारी र व्यवस्थापनबारे निर्वाचन आयोगले

सैफ अली खानलाई ज्यान मार्ने धम्की, बाबा सिद्दिकीकै जस्तो हालत बनाउने चेतावनी

काठमाडौं– बलिउड अभिनेता सैफ अली खानलाई ज्यान मार्ने धम्की आएको

युक्रेन युद्ध अन्त्यका लागि रुससँग वार्ता गर्न युरोपेली नेता तयार

बर्लिन- युक्रेनमा जारी युद्ध अन्त्यका लागि युरोपेली नेताहरूले रुससँग वार्ता गर्न

प्रधानमन्त्री बालेन आइतबार दिल्ली जाने, के-के छन् कार्यक्रम ?

काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आइतबार  भारतको राजकीय भ्रमणमा जाने

प्रधानमन्त्रीको भारत भ्रमण : द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

काठमाडौँ– पूर्वपरराष्ट्रमन्त्रीहरुले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण दुई देशको हित,