काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत ‘ए’ बीच प्रतिस्पर्धा भइरहेको छ । कतारको राजधानी दोहामा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि भारत ‘ए’ ले ब्याटिङ गरिरहेको छ ।
३ विकेट गुमाइसकेको भारतका लागि हाल क्रिजमा तिलक वर्मा र कुमार कुशाग्र रहेका छन् । खेलमा कुमार कुशाग्रले शतक पूरा गरेका छन् ।
खेलको ३९ ओभर ५ बलमा रशिद खानलाई छक्का हान्दै कुशाग्रले शतक पूरा गरे । ९३ बलको सामना गरेका उनले ८ चौका र ४ छक्का प्रहार गरे ।













प्रतिक्रिया