कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी « Khabarhub

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

‘सबै नेता एउटा चुनाव चिह्नमा निर्वाचनमा जान तयार हुनु ठुलो उपलब्धि हो’


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको कदम सफल भएको बताएका छन्। गगन थापालाई सभापतिका रुपमा सबैले स्वीकार गरेको भन्दै उनले यस्तो बताएका हुन्। उनले सबै नेता एउटा चुनाव चिह्नमा निर्वाचनमा जान तयार हुनु ठुलो उपलब्धि भएको उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमा सक्रिय नेता भण्डारीले पार्टीको एकता, जिम्मेवारी र भविष्यप्रतिको भरोसालाई विशेष महाधिवेशनले प्रमाणित गरेको बताए।

‘युवा नेतृत्वको पहिलो कदम सफल। जसले जसलाई जुन शब्दले सम्मान गरे पनि, सबै नेता निर्वाचनमा जान तयार हुनु र एउटै चिन्हमा जानु वर्तमान परिवेशमा नेपाली कांग्रेसको ठूलो उपलब्धि हो’, उनले फेसबुकमा लेखेका छन्, ‘यसले पार्टीको एकता, जिम्मेवारी र भविष्यप्रतिको भरोसा लाई प्रमाणित गर्दछ। हाम्रो प्रयास सफल भएको छ। अब आवेगमा होइन, सबै मिलेर समाल्नु पर्दछ।’

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ७ : १३ बजे

ओखलढुंगामा काग्रेसको उम्मेदवार फेरियो, खतिवडाको सट्टा लुइँटेललाई टिकट

काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगामा कुमार लुइँटेललाई

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल