हातहतियार बुझाउन कञ्चनपुर प्रशासनको निर्देशन « Khabarhub

हातहतियार बुझाउन कञ्चनपुर प्रशासनको निर्देशन


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शान्तिसुरक्षाका लागि व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैलाई निर्देशन दिएको छ ।

प्रशासनले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लाका विभिन्न व्यक्तिका नाममा इजाजत प्राप्त हातहतियार माघ २० गतेभित्र अनिवार्य रूपमा बुझाउन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले जानकारी दिए ।

उनका अनुसार प्रशासनले इजाजत प्राप्त हातहतियार र त्यसमा प्रयोग हुने गोलीगट्ठा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरीचौकीमा बुझाउन निर्देशन दिएको छ ।

जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ भने कर्मचारी खटाउने, सुरक्षाकर्मी खटाउने र आवश्यक सामग्रीको व्यवस्थापन गर्ने काम गरिएको भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ८ : १६ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँट गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२