देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर « Khabarhub

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि उनको क्षेत्रबाट नेपाली कांग्रेसले नयाँ उम्मेदवार उठाउने भएको छ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सात पटक चुनाव लडेको डडेलधुरा क्षेत्र छोड्दै निर्वाचन नलड्ने जानकारी गराएपछि कांग्रेसले उक्त क्षेत्रको टिकट नैनसिंह महरलाई दिएको छ।

कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले देउवालाई संरक्षक रहँदै अभिभावकीय भूमिका निर्वाह गर्न अनुरोध गर्दै आएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता अगाडि देउवाको सचिवालयले चुनाव नलड्ने विषयमा जानकारी गराएको हो।

देउवाले २०४८ सालदेखि निरन्तर डडेलधुराबाट चुनाव जित्दै आएका थिए। उनी उक्त क्षेत्रबाट सात पटक निर्वाचित भइसकेका नेता हुन्।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ८ : ३४ बजे

बालिकाको हत्या गरी फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

सिरहा– १९ वर्षअघि एक बालिकाको घाँटी थिची हत्या गरी फरार

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया जारी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सर्लाही–४ मा कांग्रेस सभापति गगन र निवर्तमान सांसद डा. अमरेश आमनेसामने

सर्लाही- सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आगामी निर्वाचनका लागि

काठमाडौं क्षेत्र न ५ बाट राप्रपाका कमल थापाले उम्मेदवारी दर्ता गरे

काठमाडौं– काठमाडौं क्षेत्र न ५ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता

कांग्रेस दमक नगर सभापतिले छाडे पार्टी, बालेनलाई सघाउने

दमक– नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईंले पार्टीको पद