गगनविरूद्ध देउवाको रिट न्यायाधीश पोखरेलको इजलासमा, सुनुवाइको पालो मिल्ने सम्भावना कमजोर « Khabarhub

गगनविरूद्ध देउवाको रिट न्यायाधीश पोखरेलको इजलासमा, सुनुवाइको पालो मिल्ने सम्भावना कमजोर


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा पक्षले दर्ता गराएको रिट सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलको इजालसमा परेको छ।

आफूहरूको मान्यता खोसेर थापा पक्षलाई दिने निर्वाचन आयोगको गत शुक्रबारको निर्णयविरुद्ध देउवा पक्षका नेताहरूले आइतबार रिट हालेका थिए ।

रिटको सुनुवाइका लागि मंगलबार पोखरेलको इजालसमा पेशी चढेको छ । तर यो रिट सुनुवाइका लागि अन्तिम नम्बरमा पालो परेको छ।

सोमाबर सार्वजनिक बिदा भएकाले सर्वोच्चले उक्त रिटलाई सुनुवाइका लागि मंगबार पेशीमा चढाउने निर्णय भएको थियो। मंगलबार फागुन २१ गतेको निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ताको तालिका पनि छ । तर कांग्रेसको देउवा समूहका अधिकांश नेताले पनि उम्मेदवारको टिकट सभापति गगन थापाबाट लिइसकेका छन् ।

सर्वोच्चको यो निर्णयले कांग्रेससहित सबै दलको उम्मेदवारी प्रभावित हुने जोखिम बढेको छ। मंगलबार बिहानै अदालत खुल्नेबित्तिकै आदेश आएमा निर्वाचन प्रभावित हुने अवस्था नहुन सक्छ । यो रिट पोखरेलको इजलासको नवौँ नम्बरमा छ ।

अहिले अन्य मुद्दाको सुनुवाइ भइरहेकाले यो रिटले पालो पाउने सम्भावना कमजोर छ । यदि पालो पाएमा कारण देखाऊ या अल्पकालीन अन्तरिम आदेश आउन सक्छ । या छलफलका निम्ति दुवै पक्षलाई अर्को मितिमा बोलाउन सक्ने सम्भावना पनि छ ।

देउवा पक्षका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले आफूहरूलाई सोध्दै नसोधी अर्को पक्षलाई मान्यता दिने सर्वोच्चको निर्णयविरुद्ध रिट दर्ता गरेको बताएका थिए ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वका नेताहरू आइतबार सर्वोच्च अदालत पुगेका थिए। निर्वाचन आयोगलले गगनलाई मान्यता दिएपछि विघटित कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार सानेपामा बसेको बैठकले सर्वोच्च जाने निर्णय गरेको थियो ।

यस रिटमा सर्वोच्चले यथाशक्य चाँडो आदेश दिनुपर्ने बाध्यता छ । मंगलबार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मनोनयन गर्ने समय तोकिएको छ।



प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ११ : ४८ बजे

विश्वकप : दक्षिण अफ्रिकाले भारतलाई दियो १८८ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ चरणको खेलमा

मोरङमा एमाले र राप्रपाका दर्जन बढी कार्यकर्ता कांग्रेस प्रवेश

मोरङ – आफ्नो चुनावी प्रचार कार्यक्रममा रहेका नेपाली कांग्रेसका नेता

डढेलोको उच्च जोखिममा चितवन

चितवन – जिल्लामा वन्यजन्तुको मुख्य बासस्थानका रूपमा रहेको बरण्डाभार क्षेत्र

काठमाडौंको तारकेश्वरमा घरभित्र पसेको चितुवाको उद्धार

काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित घरभित्र पसेको चितुवाको उद्धार