महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी « Khabarhub

महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी फागुन २१ मा आयोजना हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा भक्तपुर २ मा तीन सञ्चारकर्मीबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्र नेकपा एमालेका सचिव महेश बस्नेतको गढ मानिन्छ ।

यहाँबाट नेपाली कांग्रेसले कवीर राणालाई टिकट दिएको छ । देशान्तर मिडिया ग्रुपका अध्यक्ष कविर राणा पत्रिका रेडियो सञ्चालक हुन् । देशान्तर साप्ताहिकको प्रधानसम्पादक रहेका राणा यसअघिका चुनावमा चर्चा भए पनि यो पटक टिकट पाउन सफल भएका हुन् ।

त्यसैगरी, सोही निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले राजिव खत्रीलाई उम्मेदवार उठाएको छ । टेलिभिजन पत्रकारिता गर्दागर्दै दलीय राजनीतिमा हामफालेका राजीव खत्री सामाजिक सञ्जालमा महेश बस्नेतको खरो आलोचना गर्ने पात्र मानिन्छन् । उनले लामो समय एभिन्यूज र न्यूज २४ च्यानलमा पत्रकारिता गरेका थिए ।

त्यसैगरी, सोही क्षेत्रबाट प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाले पत्रकार जन्मदेव जैसीलाई टिकट दिएको छ । यसअघि उनी रातोमसी अनलाइनमा सम्पादक थिए । उनी पत्रकारको हकहितका लागि काम गर्ने अभियन्ता हुन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १ : ४९ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली