सानो पाइला सहकारीको बचत ठगी : रविसँग अदालतले माग्यो एक करोड धरौटी « Khabarhub

सानो पाइला सहकारीको बचत ठगी : रविसँग अदालतले माग्यो एक करोड धरौटी


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ।

मंगलबार रविले चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराइरहँदा न्यायाधीश रूद्रप्रसाद सुवेदीको एकल इजलासले एक करोड धरौटी माग्ने आदेश गरेको तहसिलदार देवराज भट्टराईले बताए ।

मंगलबार थुनछेक बहस सकिएपछि यो आदेश भएको हो। सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलिरहेको छ।

पर्सास्थित सानोपाइला सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा लामिछाने र उनका फरार साझेदार गितेन्द्रबाबु राई (जीबी) सहित १४ जनाविरूद्ध २०८१ मंसिरमै मुद्दा अघि बढेको थियो ।

जिल्ला अदालत पर्साले त्यसबेला पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, जीबी राई र रामबहादुर खनालसहितविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरूविरूद्ध सानोपाइला सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ अनुमति मागेको थियो ।

जीबी राईले खोलेका काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको स्वर्णलक्ष्मी, भरतपुरको सहारा र पर्साको सानोपाइला सहकारीमा करोडौं रुपैयाँ ठगी भएको छ।

पर्साको सानोपाइला सहकारी संस्था ठगी प्रकरणमा जीबी, रवि र छविसहितविरुद्ध ४३७ जनाले जाहेरी दिएका थिए ।

उक्त सहकारीको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएको भनेर उजुरी परेको थियो। त्यही ठगीको मुद्दामा पर्सा अदालतले आदेश दिएको हो ।

सानोपाइला सहकारी ठगीमा मुख्य आरोपी जीबी, छवि, रवि र कुमार रम्तेल हुन्। रम्तेल अहिले कास्की जेलमा छन् । उता जीबी मलेसियामा लुकेको बताइए पनि फेला परेका छैनन् ।

यता पक्राउ परेकाहरूलाई काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा नेपाल, पोखराको सूर्यदर्शन र रुपन्देहीको सुप्रिम सहकारी ठगीमा मुद्दा चलेको छ । अब पाँचौँ सहकारी ठगी प्रकरणमा रविलाई करोड धरौटी मागिएको हो ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ३ : ५७ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म