नेमकिपाको गढ भक्तपुर १ मा एमालेका मिश्रले गरे मनोनयन दर्ता « Khabarhub

नेमकिपाको गढ भक्तपुर १ मा एमालेका मिश्रले गरे मनोनयन दर्ता


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का उम्मेदवार सोमप्रसाद मिश्रले उम्मेदवारी दर्ता गरेका छन् ।

नेपाल मजदुर किसान पार्टीको गढ मानिने भक्तपुर क्षेत्रनम्बर १ मा एमालेका पूर्वकेन्द्रीय सदस्य तथा चाँगुनारायण नगरपालिकामा पूर्वमेयर मिश्र उम्मेदवार बनेका छन् ।

भक्तपुर क्षेत्र नम्बर १ मा २०४८ देखि २०७९ सबै सातवटा चुनाव नेमकिपाले जित्दै आएको छ ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले २०४८ देखि २०७० सम्म पाँच पटक चुनाव जित्नु भएको थियो । भने २०७४ र २०७९ मा नेमकिपाकै प्रेम सुवाल लगातार दुई पटक निर्वाचित भएका थिए ।

तर यसपटक एमाले नेता मिश्रले फरक परिणाम निकाल्ने दाबी गरे। उनले भने, ‘मैले २०७४ मा मेयर हुँदा गरेको कामको प्रभाव भक्तपुर क्षेत्रनम्बर १ भरि परेकोले म जित्छु ।’

उनले आफ्नो कार्यकालमा १२ हजार घरधुरीमा एक घर एक धारा, पाँच वर्षमा १०२ किलोमिटर सडक कालोपत्रे जनतालाई मिश्रले काम गर्न सक्छ भन्ने सन्देश दिएको बताए ।

मिश्रले नेमकिपाको सदनमा एउटा मात्रै सांसद हुँदा यस क्षेत्रका नागरिकको पहुँच राष्ट्रिय राजनीतिमा नभएको बताए ।

‘त्यसैले यहाँको विकास निर्माणमा ध्यान पुग्न सकेको छैन, अब एमालेबाट म जितेपछि राष्ट्रिय राजनीतिसँग भक्तपुर क्षेत्र नम्बर १ जोडिन्छ र यहाँको विकास हुन्छ’, उनले भने ।

बचत खाता छोरीको सुरक्षा जीवन, सामुदायिक स्कुलका भवन निर्माण, एक वडा एक स्वास्थ्य चौकी कार्यक्रम, एक वडा एक एम्बुलेन्स, मेयर उद्यमशीलता विकास कार्यक्रम जस्ता नीतिले आफ्नो उनी जिल्लाभर चर्चित रहेका स्थानीय व्यवसायी अश्विन गिरी बताउँछन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ४ : १० बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली