रमेश लेखकले टिकट नपाएपछि जलाइयो गगन र विश्वप्रकाशको पुत्ला « Khabarhub

रमेश लेखकले टिकट नपाएपछि जलाइयो गगन र विश्वप्रकाशको पुत्ला


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिनिधि सभाको टिकट नदिएको भन्दै उनका कार्यकर्ताले नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको पुत्ला जलाएका छन् ।

मंगलबार लेखक समर्थक कार्यकर्ताहरूले कञ्चनपुर क्षेत्र नम्बर ३ मा सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माको पुत्ला दहन गरेका हुन् ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका बेला गृहमन्त्री रहेका लेखकमाथि त्यसबेला भएको हत्याको दोष लाग्दै आएको छ।

उनले उक्त प्रकरणमा भदौ २३ गते अपरान्ह राजीनामा दिएका थिए । उनी गौरीबहादुर कार्की नेतृत्वक छानबिन आयोगको बयानमा पनि तानिए ।

तर विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेसँगै उनलाई टिकट नदिन दबाब परेको थियो । हाल शेरबहादुर देउवा समूहमा रहेका उनलाई थापाले टिकट नदिएपछि लेखका कार्यकर्ता विरोधमा उत्रिएका हुन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ४ : ३८ बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर