रमेश लेखकले टिकट नपाएपछि जलाइयो गगन र विश्वप्रकाशको पुत्ला « Khabarhub

रमेश लेखकले टिकट नपाएपछि जलाइयो गगन र विश्वप्रकाशको पुत्ला


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिनिधि सभाको टिकट नदिएको भन्दै उनका कार्यकर्ताले नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको पुत्ला जलाएका छन् ।

मंगलबार लेखक समर्थक कार्यकर्ताहरूले कञ्चनपुर क्षेत्र नम्बर ३ मा सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माको पुत्ला दहन गरेका हुन् ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका बेला गृहमन्त्री रहेका लेखकमाथि त्यसबेला भएको हत्याको दोष लाग्दै आएको छ।

उनले उक्त प्रकरणमा भदौ २३ गते अपरान्ह राजीनामा दिएका थिए । उनी गौरीबहादुर कार्की नेतृत्वक छानबिन आयोगको बयानमा पनि तानिए ।

तर विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेसँगै उनलाई टिकट नदिन दबाब परेको थियो । हाल शेरबहादुर देउवा समूहमा रहेका उनलाई थापाले टिकट नदिएपछि लेखका कार्यकर्ता विरोधमा उत्रिएका हुन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ४ : ३८ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै