निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री « Khabarhub

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट गरेकी छन्।

निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले निर्धारित समयभित्र उत्साहजनक सहभागिता जनाउने सबै राजनीतिक दल र उम्मेदवारलाई धन्यवाद दिएकी छन्। उनका अनुसार १६५ पदका लागि ३,४०० भन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराउनु लोकतान्त्रिक प्रणालीप्रतिको जनविश्वासको ठोस प्रमाण हो।

प्रधानमन्त्रीले सुरक्षा व्यवस्थामा कुनै सम्झौता नहुने बताउँदै सबै सुरक्षा संयन्त्र उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित रहेको जानकारी दिइन्। निर्वाचन प्रक्रियामा देखिएको उत्साहले राजनीतिक क्षेत्र मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पारेको उनको भनाइ छ। अब देशमा अन्योल र अनिश्चितताको अवस्था अन्त्य भइसकेको उनले दाबी गरिन्।

निर्वाचन कार्यतालिकाअनुसार अहोरात्र खटिएर जिम्मेवारी निर्वाह गरेकोमा प्रधानमन्त्रीले निर्वाचन आयोगलाई सरकारको तर्फबाट धन्यवाद व्यक्त गरिन्। साथै निर्वाचन सफल बनाउन राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमको रचनात्मक भूमिकाको अपेक्षा गरिएको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले दिगो लोकतान्त्रिक स्थायित्वका लागि सबै नेपालीलाई संयमित र सक्रिय सहभागिताका साथ निर्वाचनमा सहभागी हुन आह्वान गरेकी छन्।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ९ : १४ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र