रास्वपाको ‘फ्लाइङ किस’ अभियान प्रभाव : रवि- बालेनको गालासम्मै आउन थाले फ्यान « Khabarhub

रास्वपाको ‘फ्लाइङ किस’ अभियान प्रभाव : रवि- बालेनको गालासम्मै आउन थाले फ्यान


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राजनीतिमा कहिल्यै नदेखिएको ‘फ्लाइङ किस’ अभियान यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले चलाइरहेका छन् । 

उनीहरूले चुनावी सभाको बीचमा कार्यकर्ता तथा समर्थकलाई थप आकर्षित गर्ने उद्देश्यले ‘आई लभ यु’ ‘लभ यु’ जस्ता शब्द प्रयोग गरेर फ्लाइङ किस बाँड्न गरेका हुन् ।

चुनावी अभियानको सुरुवातीदेखि लामिछाने र शाहले फ्लाइङ किस दिने अभियान सञ्चालन गरेपछि उनीहरूसँग मोहित हुने मान्छेहरूले भने उनीहरूको गालामा नै चुम्बन गर्न थालेका छन् । साथै, उनीहरूलाई ढोग र ‘हग’ गर्न खोज्नेको संख्या पनि उत्तिकै देखिएको छ ।

झापामा चुनावी अभियानको क्रममा एकजना युवा उमेरका पुरुषले नेता शाहको गालामा चुम्बन गरेका थिए । जतिबेला उनी स्वयं लजाएका थिए । 

त्यस्तै, बिहीबार चुनावी अभियानको क्रममा सुर्खेतमा सभापति लामिछानेलाई भिडकै बीचमा एक जना महिलाले समातेर नै चुम्बन गरिन । महिलाको चुम्बनले सभापति लामिछाने अप्ठ्यारो मान्दै हाँसिरहेका थिए ।

सामान्यतया, अहिलेसम्म राजनीतिक दलका नेताहरूले सार्वजनिक कार्यक्रममा समुदाय अनुसारको आदर सत्कार गर्ने र दलले अभ्यास गरेको ‘जय नेपाल’, अभिवादन र लालसलाम जस्ता शब्दहरू प्रयोग गरेर आम मानिसहरूलाई अभिभावन गर्ने गर्दथे ।

तर, रास्वपाले भने पछिल्लो पुस्तामा विदेशबाट भित्रिँदै गरेको फ्लाइङ किसको अभ्यासलाई राजनीतिक तथा सार्वजनिक कार्यक्रममा पनि स्थान दिँदा त्यसले सांस्कृतिक रूपमा नयाँ मानक स्थापना गर्न सक्ने देखिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  १२ : १० बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक