निर्वाचन रिपोर्टिङलाई विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम « Khabarhub

निर्वाचन रिपोर्टिङलाई विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासङ्घले निर्वाचन रिपोर्टिङलाई तथ्यपरक, सन्तुलित र विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम गरेको छ ।

यहाँ आज आयोजित उक्त कार्यक्रममा महासङ्घले पत्रकारलाई आचारसंहिताको प्रभावकारी पालना, जिम्मेवार समाचार सम्प्रेषण तथा पेसागत मर्यादाबारे स्पष्ट मार्गदर्शन दिएको छ । कार्यक्रममा निर्वाचन आयोगका आयुक्त डा जानकी तुलाधरले आयोग प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नभइ सहकार्य गर्दै अघि बढ्न प्रतिबद्ध रहेको बताए। 

उनले निर्वाचनका क्रममा पत्रकारको भूमिका अत्यन्त संवेदनशील र महत्वपूर्ण हुने उल्लेख गर्दै सत्य, पुष्टि गरिएका तथा सन्तुलित समाचार सम्प्रेषण गर्न आग्रह गरे। 

“स्वतन्त्र र जिम्मेवार पत्रकारिताले मात्र स्वच्छ र निष्पक्ष निर्वाचनलाई सुदृढ बनाउन सक्छ,” आयुक्त डा तुलाधरले भने।

नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले निर्वाचनअघि आयोजना गरिएको यस्तो कार्यक्रमले पत्रकारको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै के गर्ने र के नगर्ने भन्ने विषयमा स्पष्टता ल्याउने विश्वास व्यक्त गरे। उनले पत्रकारलाई भयरहित वातावरणमा सूचना संकलन र समाचार सम्प्रेषण गर्न सहयोग गर्न सबै सरोकारवालासँग आग्रह गरे।

नेपाल पत्रकार महासङ्घका सचिव प्रकाश धौलाकोटीले उपत्यकामा कार्यरत पत्रकारका लागि निर्वाचन आचारसंहितासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। साथै शनिबारदेखि सातै प्रदेशमा समेत यस्ता कार्यक्रम विस्तार गरिने उनले बताए।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले निर्वाचनका बेला निष्पक्षता, व्यावसायिकता र आचारसंहिताको पूर्ण पालना गर्दै विश्वसनीय पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
 

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  १२ : ३६ बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक