नयाँ संसद् भवनमा हेरेपछि राष्ट्रियसभा अध्यक्षले भने : सोचेजस्तो निर्माणले गति लिएन « Khabarhub

नयाँ संसद् भवनमा हेरेपछि राष्ट्रियसभा अध्यक्षले भने : सोचेजस्तो निर्माणले गति लिएन


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण गरेका छन् ।  

शुक्रबार शहरी विकास मन्त्री प्राडा कुमार इङ्नामसहितको टोलीसहित राष्ट्रियसभा अध्यक्ष दाहालले निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण गरेका हुन् । सो क्रममा अध्यक्ष दाहालले अझै पनि सोचेजस्तो गरी संसद् भवनको निर्माणले गति लिन नसकेको बताए ।

संसद् चलाउने दिन नजिकिँदै जाँदा नयाँ संसद् भवन निर्माणलाई तीव्रता दिनुपर्ने र छिटो सम्पन्न गर्न आफूले पनि पटक पटक निर्देशन दिएको उनले बताए ।

अध्यक्ष दाहालले निर्वाचनपछि प्रतिनिधिसभा बैठक चल्ने दिनसम्म नयाँ संसद् भवनको निर्माण पुरा भई हस्तान्तरण हुने विश्वास व्यक्त गरे ।

सबै संरचना पूर्णरुपमा बन्न नसके पनि प्रतिनिधिसभा चलाउन सक्ने गरी भए पनि केही संरचना निर्माण गर्नुको विकल्प नरहेको उनको भनाइ छ । 

त्यस्तै शहरी विकास मन्त्री प्राडा कुमार इङ्नामले चैत्र १ गते हस्तान्तरण गर्नेगरि नयाँ संसद् भवनको निर्माण कार्य सक्न आफूले निर्देशन दिएको बताए । अहिलेको काम हेर्दा चैत्र १ गते सबै संरचना बन्न नसक्ने अवस्था नदेखिएको भन्दै उनले प्रतिनिधिसभाका लागि मात्रै आवश्यक पूर्वाधार तयार हुने अवस्था रहेको उल्लेख गरे ।

उनले कुनै पनि बहानामा संसद् भवनको निर्माणमा हुने ढिलाइ स्वीकार्य नहुने स्पष्ट रुपमा निर्माण कम्पनीलाई भनेको बताए  । निर्माण कम्पनीले चैत्रको पहिलो सातासम्ममा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएकाले आफू विश्वस्त रहेको उनको भनाइ छ ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी नयाँ संसद् भवन निर्माणका लागि २०७६ असोज १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

तोकिएको समयमा काम नसकिएपछि पछिल्लो पटक पाँचौँ पटकका लागि २०८२ पुस १६ गतेसम्म म्याद थप गरिएको थियो , तर सो समयमा समेत निर्माण सम्पन्न नभए पनि निर्माण कम्पनीले चैत्र पहिलो साता निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  १ : ३५ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)