मिचेल मार्श चम्केपछि ओमानमाथि अस्ट्रेलियाको शानदार जित « Khabarhub

मिचेल मार्श चम्केपछि ओमानमाथि अस्ट्रेलियाको शानदार जित


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले ओमानलाई ९ विकेटले पराजित गर्दै शानदार जित हासिल गरेको छ। श्रीलङ्काको क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा ओमानले दिएको १ सय ५ रनको लक्ष्य अस्ट्रेलियाले मात्र ९.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो।

अस्ट्रेलियाको जितमा कप्तान मिचेल मार्श नायक बने । उनले आक्रामक ब्याटिङ गर्दै ३३ बलमा ६४ रनको अर्धशतकीय पारी खेले । उनको इनिङ्समा ७ चौका र ४ छक्का समावेश थिए । ओपनर ट्राभिस हेडले १९ बलमा ३२ रन जोड्दै टोलीलाई उत्कृष्ट सुरुआत दिलाए भने जोस इंग्लिसले १२ रन बनाए ।

यसअघि टस जितेर बलिङ रोजेको अस्ट्रेलियाले ओमानलाई १६.२ ओभरमा १०४ रनमै अलआउट गराएको थियो ।

ओमानका लागि वसिम अलीले सर्वाधिक ३२ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ओमानलाई सस्तोमा समेट्न अस्ट्रेलियाका स्पिनर एडम जाम्पाले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। त्यस्तै ग्लेन म्याक्सवेल र जेभियर बार्टलेटले समान दुई–दुई विकेट हात पारे ।

यद्यपि, अस्ट्रेलियाको यो जित केवल प्रतिष्ठाका लागि मात्र सीमित रह्यो । यो समुहमा जिम्बाब्वे र आयरल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएपछि जिम्बाब्वे सुपर–८ चरणमा पुगेको छ । योसँगै जारी विश्वकपमा अस्ट्रेलियाको समूह चरणमै यात्रा समाप्त भएको छ । सन् २०२१ को टी–२० विश्वकप विजेता अस्ट्रेलिया सन् २००९ पछि पहिलो पटक समूह चरणबाट बाहिरिएको हो।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  १० : ०८ बजे

वर्षाले गहुँबाली भिजाउँदा किसान चिन्तित

कञ्चनपुर– आज दिउँसोदेखि परेको वर्षाले कञ्चनपुरका किसान प्रभावित भएका छन्

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण

चितवनको ३८ प्रतिशत जमिन सिँचाइविहीन

चितवन– जिल्लामा खेती भइरहेको ३८ दशमलव २ प्रतिशत जमिनमा अझै

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

टक्सार– भोजपुरमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटमा

ओलीबारे रास्वपाका पुरुषोत्तमको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले पूर्व प्रधानमन्त्री