आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत शुक्ल पक्षको प्रतिपदा उपरान्त द्वितीया तिथि। तदनुसार सन् २०२६ मार्च २० तारिख। विश्व मुख स्वास्थ्य र अन्तर्राष्ट्रिय खुशी दिवस आज परेका छन्। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । उपचारमा भए रोगबाट मुक्ति मिल्नेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ । परिवारमा भने खटपटी बढ्नेछ ।

वृष : शिक्षामा गरेको प्रयास सफल बन्नेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । परिवारसँगको सहकार्यमा गरेको काममा फाइदा हुनेछ । रोगसँग लड्ने क्षमता बढ्ने योग छ ।

मिथुन :  शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट मनमा सन्तुष्टि प्राप्त हुनेछ । गुम्न लागेको धन हात लाग्नेछ । स्वास्थ्यमा सुधार हुँदै जानेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कर्कट :  लगानीबाट तत्काल फाइदा नभए पनि धैर्य हुँदा फाइदा हुनेछ । सानो कुराले मन अशान्त बन्नसक्छ । रोग बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह: साना कुराले मन अशान्त बन्नसक्छ । राज्यको तर्फबाट निगरानी रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ । साथीबाट अपमान सहनुपर्ने खतरा देखिन्छ । संकटमा परिवारको साथ र सहयोग भने प्राप्त हुनेछ ।

कन्या : दिन राम्रो छ । धनलक्ष्मी योगको सदुपयोग गर्नुपर्नेछ । विपक्षीले तपाईंको प्रशंसा गर्नेछन् । बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ । परिवारसँगको सहकार्यले काम सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

तुला : मानसिक तनाव बढ्ने जोखिम छ । थोरै बोल्नु उचित हुनेछ । कतै शुभकार्यमा सहभागी भएमा मन शान्त बन्नेछ । विपक्षी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।

वृश्चिक : मन शान्त बन्नेछ । विश्वास गरेका साथीले धोका दिने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ । पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा राम्रो हुनेछ । परिवारमा मेलमिलापको योग छ ।

धनु : हरेक काममा अवरोध हुनसक्छ । परिवारको साथ लिएर मात्र काम गर्नु उचित हुन्छ । एक्लो निर्णय लिएमा फस्ने जोखिम छ । संकटमा स्वास्थ्यले भने साथ दिएको छ । शिक्षामा ढिलासुस्ती हुनेछ ।

मकर : आम्दानीका दृष्टिले दिन राम्रो छ । व्यापारको लगानीबाट फाइदा हुनेछ । सरकारी नोकरीमा भए बढुवा हुनेछ । विपक्षी साथीभाइले तपाईंको प्रशंसा गर्नेछन् । रोगबाट बच्न आफ्नो ख्याल गर्नुपर्नेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।

कुम्भ : दिन राम्रो छ । समयको  सदुपयोग गर्नुहोला । व्यापारमा गरेको प्रयास सफल बन्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । शिक्षामा उन्नति हुनेछ । व्यवहार गर्दा  सचेत भएमा हरेक काममा सफलता मिल्नेछ ।

मीन :  दिन राम्रो छ । शुभग्रहको बहुमत रहेको छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । काम सहजै बन्ने योग छ । परिवारसँग रमाइलो घुमघाम हुनेछ । बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ५ : २१ बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट