गगन थापाको अनुपस्थितिबीच कांग्रेस केन्द्रीय समितिमा पेश भए दुईवटा प्रस्ताव « Khabarhub

गगन थापाको अनुपस्थितिबीच कांग्रेस केन्द्रीय समितिमा पेश भए दुईवटा प्रस्ताव


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपामा जारी छ। दुई दिनअघि सभापति पदबाट राजीनामा दिएका गगनकुमार थापा बैठकमा अनुपस्थित छन्।

थापा अनुपस्थित रहेपछि सभापतिको कुर्सी खाली राखेर बैठक सञ्चालन गरिएको छ। बैठकको नेतृत्व उपसभापति विश्वप्रकाश शर्माले गरिरहेका छन्।

प्रतिनिधिसभा निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्ने उद्देश्यले बोलाइएको बैठकमा दुईवटा प्रस्ताव पेश गरिएको छ।

शुक्रबार दिउँसोदेखि सुरु भएको बैठकमा थापाको राजीनामाबारे छलफल गर्ने र प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा गर्ने प्रस्ताव प्रस्तुत गरिएको हो।

बैठकमा पेश गरिएका प्रस्तावहरूमा पहिलो, सभापति गगनकुमार थापाले दिएको राजीनामासम्बन्धी विषय र दोस्रो, प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक समीक्षा समेटिएको छ।

बैठकमा नेताहरूबीच चुनावी परिणामको विश्लेषण र पार्टीको आगामी दिशा तयबारे छलफल भइरहेको बताइएको छ।

बैठकका प्रस्ताव :
१. नेपाली कांग्रेसका केन्द्रीय सभापति श्री गगनकुमार थापाले सभापति पदबाट दिनु भएको राजीनामा सम्बन्धमा ।

२. प्रतिनिधि सभा सदस्य निर्वाचन– २०६२ को सम्बन्धमा प्रारम्भिक समीक्षा ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ३ : १४ बजे

आशा भोस्लेलाई सम्झिँदै भारतीय दूतावासले भन्यो, ‘दुई देशबीचको सांस्कृतिक सम्बन्धकी सेतु थिइन्’

काठमाडौं- नेपालस्थित भारतीय दूतावासले प्रख्यात गायिका आशा भोस्लेको ९२ वर्षको

आशाका कालजयी गीतमा स्कुले बच्चादेखि वृद्धसम्म ‘छमछमी’

मोहनी लाग्ला है !‘वसन्त नै बस्न खोज्छ यहाँ’‘किन बढ्दैछ ढुकढुकी

उपसभामुखमा जिल्लिएपछि राप्रपा चर्कियो विवाद, नयाँ नेतृत्वका लागि तत्काल महाधिवेशनमा जानुपर्ने माग

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र फागुन २१ गतेको निर्वाचनमा भएको पराजयको

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का 

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा– यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा