‘महिला सहभागिताबारे रास्वपा सचेत छ, चार नेताको छलफललाई अन्य रुपमा नबुझौँ’ « Khabarhub

‘महिला सहभागिताबारे रास्वपा सचेत छ, चार नेताको छलफललाई अन्य रुपमा नबुझौँ’


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी कोषाध्यक्ष लीमा अधिकारीले नयाँ सरकार गठनका लागि चारजना नेताहरूले बिहीबार काठमाडौं गरेको छलफललाई नकारात्मक रुपमा नलिन आग्रह गरेकी छिन्।

बिहीबार बेलुका काठमाडौंको एक होटलमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह तथा उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डीपी डीपी अर्यालबीच भएको छलफलमा महिला सहभागिताबारे आवाज उठेपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

अधिकारीले पार्टीमा महिला सहभागिता, सशक्तिकरण र समानताको विषय व्यापक उठेको बताउँदै उनले त्यसलाई अंगीकार गरिरहेको जानकारी दिइन् । उनले एउटा छलफलको कुरालाई लिएर यस्ता किसिमका टिका टिप्पणी नगर्न आग्रह गरेकी छन् ।

उनले पार्टीका नेतृहरूलाई मन्त्रिपरिषद् र अन्य ठाउँमा अवसर दिने पनि बताइन् । पार्टीको हरेक निर्णय केन्द्रीय कमिटी र सचिवालयबाट हुने भएकाले चार नेताको सामान्य छलफललाई अनावश्यक रुपमा व्याख्या नगर्न आग्रह गरिन्।

नागरिकले ऐतिहासिक मत दिएकाले यो नेपाली जनता र महिलाका लागि अवसर भएको उनले बताएकी छिन् । ‘हामीलाई काम गरेर देखाउने अवसर आएको छ। महिला सहभागिताको कुरा गर्दा अबको मन्त्रिपरिषद्मा सहभागिता नभए प्रश्न उठाउने ठाउँ पाइन्छ। हिजोको फोटोलाई लिएर आलोचना गर्नुपर्ने कुनै कारण देख्दिनँ’, उनी भन्छिन्, ‘कतिपय ठाउँमा हामीले चाहेर पनि उपस्थिति जनाउन सकेका छैनौँ। यसलाई ठूलो विषय बनाउनुपर्ने कुरा छैन।’

अधिकारीले नेतृत्व तहका सभापति, वरिष्ठ नेता र दुई उपसभापतिबीच भएको छलफलमा अरू नेता नअटेको बताइन् ।

‘चारजना नेताहरूले प्रारम्भिक छलफल गर्नुलाई नकारात्मक अर्थ नलगाइदिनुहोला । पार्टीको महाधिवेशन नभएकाले मुख्य पदमा महिला सहभागिता नहुन सकेको स्वीकार गर्छु’, उनी भन्छिन्, ‘यो कुरालाई सकारात्मक लिइदिनुहोला । हाम्रो पार्टीले महिला सहभागिता र समावेशीको विषयलाई धेरै ख्याल पुर्‍याएको छ।’

उनले निर्णयहरू सचिवालय र केन्द्रीय कमिटी बैठकबाट नै पारित भएकाले चारजना नेताहरू बसेर सामान्य छलफल गर्नुलाई अस्वभाविक रुपमा नलिन आग्रह गरेकी छिन्।

” पार्टी निर्णयहरू संरचनाबाटै पारित हुन्छ चारजना नेताहरू बसेर गरेको सामान्य छलफललाई धेरै टिकाटिप्पणी गर्नु उचित हुँदैन ।” उनले भनिन्,” हामी काम गर्न आएका छौं काम गर्ने वातावरण बनाउनुपर्छ काम गर्न नेताहरूलाई दिनुपर्छ मन्त्रीपरिषद् र अरु तहमा हामीले महिलालाई अगाडि बढाउँछौं। मन्त्रिपरिषदमा क्षमतावान र तुरुन्तै नागरिकले डेलिभरी दिन सक्ने र विषय विज्ञलाई मन्त्री बनाउँछौं। “

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ४ : २८ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले