माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई पार्टीबाट कसैले बिदा हुनु भन्नु भएको छैन « Khabarhub

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई पार्टीबाट कसैले बिदा हुनु भन्नु भएको छैन


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीबाट कसैले पनि बिदा हुनु नभनेको बताएका छन्।

संयोजक पुष्पकमल दाहा प्रचण्ड र आफूलाई नेतृत्वबाट बिदा हुनु भनेर कसैले पनि नभनेको उनले दाबी गरेका छन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको पार्टी बैठकमा युवा नेताहरूले नेकपा संयोजक प्रचण्ड र सह-संयोजक नेपाललाई बिदा हुनु भनेका थिए ।

तर नेताहरूले आफूहरू दुवैजनाई यस्तो कुरा गरेकोबारे उनले इन्कार गरेका छन् ।

‘पार्टी बैठकमा धेरै युवा साथीहरुले बोल्नुभयो । तर बिदा हुनु भनेर प्रचण्ड र मलाई भन्नुभएको छैन । बरू पार्टी पुनर्गठनका लागि एकताबद्ध भएर अगाडि बढाउनुपर्छ भन्ने सुझाव दिनुभयो’, खबरहबसँग उनले भने, ‘संसदीय दलको नेता पनि प्रचण्डलाई नबन्नु भन्नुभएको छैन । पार्टीबाट हामीलाई बिदा हुनु पनि भन्नुभएको छैन, अनावश्यक हल्ला फैलाइयो।’

यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा सह-संयोजक नेपाल गृहजिल्ला रौतहटमा पराजित भए । उता प्रचण्ड भने गोरखाबाट रुकुमपूर्व पुगेर जोगिए ।

उता नेकपाले उसको इतिहासमै सबैभन्दा कमजोर नतिजा निकालेको छ। यो अवस्थामा बिदा हुनु भनेर गरिएको कुरामा नेपाल जोगिए पनि धेरै युवा नेताले बैठकमा त्यस्तो आग्रह गरेका खुलेको छ।

बैठकमा बोल्ने क्रममा युवा नेताहरूले नेताहरूले दुवैजनालाई सम्मानपूर्वक बिदा भएर नयाँ पुस्ताले चाहेको परिवर्तनलाई अँगाल्दै पार्टी पुनर्गठन गर्नुपर्ने आवाज उठाएका थिए।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ४ : ५८ बजे

डिजिटल स्वास्थ्य विस्तारका लागि नीतिगत पहल गर्छौँ : मन्त्री मेहता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग डिजिटल स्वास्थ्य सेवाको

जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी

सीमा सुरक्षा थप प्रभावकारी बनाउन सरकारलाई समितिको निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सीमा