न्यायपालिकाको सुदृढीकरण आवश्यक : वरिष्ठ न्यायाधीश मल्ल « Khabarhub

न्यायपालिकाको सुदृढीकरण आवश्यक : वरिष्ठ न्यायाधीश मल्ल


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको सुदृढीकरण आवश्यक रहेको बताएकी छन् । उनले त्यसका लागि नेपाल बार एसोसिएसन, बार एकाइ, कानुन व्यवसायी महिला र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताएकी छन् ।

आजदेखि यहाँ सुरु भएको नेपाल बार एसोसिएसन कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ न्यायाधीश मल्लले न्यायपालिकाको सुदृढीकरणमा हातेमालो गर्दै अगाडि जानुपर्नेमा जोड दिइन् । उनले न्यायको क्षेत्रमा महिला अझै पछि परेको उल्लेख गरिन् । 

महिलामाथि हुने मानसिक तथा शारीरिक हिंसाको अन्त्य आवश्यक रहेको बताउँदै उनले यसलाई रोक्न कडाइका साथ कानुन कार्यान्वयन आवश्यक रहेको बताइन् ।

महिलालाई कानुनका बारेमा जानकारी नहुँदा न्याय पाउन ढिलो हुने गरेको उल्लेख गर्दै उनले न्यायका लागि महिलालाई कानुनी चेतनाका अभियान अगाडि सार्नुपर्ने औँल्याइन् ।

कार्यक्रममा नेपाल बार एसोसिएसन, न्याय परिषद्का सदस्यहरू, विभिन्न जिल्ला अदालतका न्यायाधीशहरू, विशेष अदालत बार एसोसिएनका प्रतिनिधि, कानुन व्यवसायी महिलाका प्रतिनिधि एवं पदाधिकारीले महिलाको सहभागिता रहेको थियो ।

सहभागीले हिंसा अन्त्यका लागि सबैको हातेमालो आवश्यक रहेकामा जोड दिए  । कार्यक्रममा उत्कृष्ट महिला कानुन व्यवसायीलाई सम्मानसमेत गरिएको छ ।

शनिबारसम्म सञ्चालन हुने राष्ट्रिय सम्मेलनमा ७७ वटै जिल्लाबाट ७०० प्रतिनिधिको सहभागिता रहेको र आज विभिन्न प्रतिवेदनमाथि छलफल गरी भोलि घोषणापत्र सार्वजनिक गरिने कार्यक्रमकी सभापति एवं अध्यक्ष सरस्वती श्रेष्ठले बताइन् । 

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ७ : २३ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका