पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन कुलमानको माग « Khabarhub

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन कुलमानको माग


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

कर्णाली– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । 
 
कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमका क्रममा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले कर्णालीलाई इन्धनमा भएको मूल्य वृद्धिमा विशेष सहुलियत दिनुपर्छ भने । 

‘कर्णालीमा विकट भूगोल भएकाले आफैँमा खर्चिलो छ । यहाँ बाह्य तथा आन्तरिक पर्यटकको यात्रा तथा आवागमनलाई सहज बनाउन डिजेल, पेट्रोल र ग्यासजस्ता इन्धनको मूल्य वृद्धि गर्नु हुँदैन,’ उनले भने, ‘नजिकको छिमेकी देश भारतले पनि इन्धनमा मूल्य वृद्धि नगरेको भन्दै यसमा सरकारले नागरिकमाथि मूल्य वृद्धिको भार घटाउनुपर्छ र स्तरीकरण गर्न सक्नुपर्छ ।’
 
दुई तिहाइको सरकारलाई काम गर्ने वातावरण बनाउन सहयोग गर्ने अध्यक्ष घिसिङले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणको नेतृत्व गर्दा र सरकारमा रहँदा कर्णालीको विद्युतीकरणमा र ‘ट्रान्समिसन लाइन’का लागि करिब ३५ अर्ब रुपैयाँ लगानी सुनिश्चित गरिएको उनले जिकिर गरे । 

उनका अनुसार १३२ केभी प्रसारण लाइनको काम जुम्लासम्म भइरहेको छ । छोटो समयमै पार्टी गठनले त्यसको उचित व्यवस्थापन गर्न नपाउँदै चुनावमा जानुपर्ने बाध्यता भएकाले हार व्यहोर्नु परेतापनि अबको चुनावमा उनेपा ठूलो पार्टी भएर आउने र वडा तहसम्म सङ्गठन विस्तार गर्ने उनको भनाइ थियो । 

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ११ : १८ बजे

कांग्रेस सांसदले भने : सुधन गुरुङको सम्पत्ति शंकास्पद छ, छानबिन गरौँ

काठमाडौं- नेपाली कांग्रेका सांसद अभिषेकप्रताप साहले तत्कालीन गृहमन्त्री सुधन गुरुङले

विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं– विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त

सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढ्यो

काठमाडौं– स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ

श्रम संस्कृति पार्टीबाट प्लेकार्डसहित संसदमा प्रधानमन्त्री शाहको विरोध

काठमाडौँ– प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको विरोध

पश्चिम एसियामा बढ्दो तनाव : युद्धकै जस्तो आरोप-प्रत्यारोपमा उत्रिए इरान-अमेरिका

तेहरान- पश्चिम एसियामा फेरि तनाव बढ्दै गएको छ। पछिल्लो केही