अर्थसंक्षेप : विवादित सम्पत्तिले संकटमा गृहमन्त्री, ९ महिनामा १ खर्ब बढीको डिजेल मात्रै आयात र नेप्से १३ अङ्कले घट्यो « Khabarhub

अर्थसंक्षेप : विवादित सम्पत्तिले संकटमा गृहमन्त्री, ९ महिनामा १ खर्ब बढीको डिजेल मात्रै आयात र नेप्से १३ अङ्कले घट्यो


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

९ महिनामा झण्डै १५ खर्बको वस्तु आयात, १ खर्ब बढीको डिजेल मात्रै आयात

चालु आर्थिक वर्ष (आव)को नौ महिनामा झण्डै १५ खर्ब बराबरको वस्तु आयात भएको छ भने निर्यात पनि १८ प्रतिशत बढीले बढेको छ ।

भन्सार विभागका अनुसार चैत मसान्तसम्म नेपालमा १४ खर्ब ९० अर्ब ४९ करोड ८८ लाख ६४ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको हो । जुन आयात गत आवको सोही अवधिको तुलनामा १३.८२ प्रतिशतले बढी हो । अघिल्लो आवको सो अवधिमा नेपालमा १३ खर्ब नौ अर्ब ५३ करोड २८ लाख ३८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

त्यस्तै, सो अवधिसम्म नेपालबाट २ खर्ब २२ अर्ब ९३ करोड ६२ लाख २४ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन निर्यात गत आवको सोही अवधिको तुलनामा १८.४६ प्रतिशतले बढी हो । गत आवको नौ महिनामा नेपालबाट एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

गैर कानुनी अभ्यास गर्ने अध्यागमनका दुई अधिकृतमाथि छानबिन जारी

स्पष्टीकरणले झन् समस्यामा गृहमन्त्री : सेयर किन्दा लागेको ऋण किन खुलाएनन् सम्पत्ति विवरणमा ?

गत चैत २९ गते सार्वजनिक भएको सम्पत्ति विवरणमा गृहमन्त्री सुधन गुरुङले ऋण महल खाली राखेका थिए । त्यसबेला सार्वजनिक विवरणमा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी रहेको पाइएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍द्वारा सार्वजजनिक मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार गुरूङको नाममा धनकुटामा मात्रै १९ रोपनी १५ आना जग्गा भेटिएको थियो ।

यो जग्गा उनले विभिन्न समयको लगानीबाट आर्जन गरेको जानकारी दिएका थिए । उनले आफ्ना बाबु-बाजेकै अंकबन्डा नभएको पुर्ख्यौली सम्पत्ति प्रशस्त रहेको पनि बताएका थिए ।

नेप्से १३ अङ्कले घट्यो

सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो

भन्सारमा कडाइ : उपभोक्ता विरोधमा उत्रिँदा व्यवसायी भने उत्साहित, बढ्नसक्छ राजस्व

सरकारले केही दिन यता भारतबाट आउने वस्तुको भन्सार जाँचपासमा कडाइ गरेको छ । भन्सार राजस्व चुहावट भएको भन्दै सरकारले एक सय रुपैयाँ भन्दा बढी मूल्यको वस्तु भन्सार प्रक्रियाबाट मात्रै ल्याउनुपर्ने भन्दै कडाइ गरेको हो ।

सरकारले भारतसँग सीमा जोडिएका पूर्वमा विराटनगर, वीरगञ्जदेखि पश्चिममा धनगढीसम्मका सबै नाकाबाट वस्तुको आयात गर्दा भन्सार जाँचमा कडाइ गरेको छ । साथै, सरकारले तराइका जिल्लामा भारतीय सवारी साधनको प्रयोगमाथि पनि कडाइ गर्न थालेको छ ।

‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

कहिले बन्ला चक्रपथको दोश्रो खण्ड (तस्बिरहरू)

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ७ : १३ बजे

कोरलानाकामा थप ‘बीटीएस’ सञ्चार उपकरण जडान

मुस्ताङ– मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बीटीएस टावरका

विषादीको विकल्पमा ‘जैविक झोल’को प्रयोग

म्याग्दी– म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

गुल्मी– कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा

एमाले नेता झपट रावलले राखे पार्टी पुनर्गठनको प्रस्ताव

काठमाडौँ – नेकपा (एमाले) का नेता झपटबहादुर रावलले हालैको आम

रंगिन संसार छाडेर गायक–कलाकारहरूको पलायन यात्रा !

काठमाडौं – धेरै नायक नायिकाहरू विदेश पलायन भएर ठूलो पर्दामा