चीनको सिनजियाङमा जारी दमनविरुद्ध प्रदर्शन गरेको आरोपमा कजाखस्तानमा १९ जनालाई जेल « Khabarhub

चीनको सिनजियाङमा जारी दमनविरुद्ध प्रदर्शन गरेको आरोपमा कजाखस्तानमा १९ जनालाई जेल


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको सिनजियाङ क्षेत्रमा भइरहेको मानवअधिकार उल्लङ्घनको विरोधमा शान्तिपूर्ण प्रदर्शन गरेको आरोपमा कजाखस्तानले १९ जनालाई जेल सजाय सुनाएको छ। अलमाटीबाट करिब २६० किलोमिटर उत्तरमा पर्ने ताल्दीकोरगानको एउटा अदालतले उनीहरूलाई ‘जातीय वा सामाजिक कलह भड्काएको’ कसुरमा दोषी ठहर गरेको हो।

‘अताजूर्त’ नामक समूहसँग आबद्ध यी व्यक्तिहरूले गत नोभेम्बरमा सिनजियाङमा थुनिएका कजाख समुदायका नागरिक अलिमनुर तुर्गानबेको रिहाइको माग गर्दै प्रदर्शन गरेका थिए । अताजूर्त एउटा दर्ता नभएको समूह हो, जसले सिनजियाङमा कजाख र उइगुर समुदायमाथि हुने गरेको भनिएको दमनको अभिलेख राख्ने र सीमाका कारण छुट्टिएका परिवारहरूको हकमा वकालत गर्ने गर्दछ।

अदालतले १९ जनामध्ये ११ जनालाई पाँच वर्षको जेल सजाय सुनाएको छ भने बाँकीलाई ‘स्वतन्त्रतामा प्रतिबन्ध’ सहितको गैर-हिरासत सजाय दिएको छ। सजाय पाएका सबैलाई आगामी तीन वर्षसम्म कुनै पनि सार्वजनिक वा राजनीतिक गतिविधिमा संलग्न हुन प्रतिबन्ध लगाइएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ३ : ०१ बजे

सार्वजनिक यातायातमा चोरी र पाकेटमारी गर्ने १२१ जना पक्राउ

काठमाडौँ – सार्वजनिक यातायातमा यात्रुका सामान चोरी गर्ने, पाकेटमारी तथा लुटपाट

अफगानिस्तानको विद्यालयमा विस्फोट, सात जनाको मृत्यु, ९० भन्दा बढी घाइते

एजेन्सी- अफगानिस्तानको पूर्वी कुनार प्रान्तस्थित एक विद्यालयमा शनिबार भएको विस्फोटमा परी

बेलायतमा सवारीसाधन उत्पादन ४ प्रतिशतले बढ्यो

एजेन्सी- बेलायतमा सवारीसाधन उत्पादन गत वर्षको अक्टोबरको तुलनामा यस वर्षको सोही

भिक्टोरिया निर्वाचनमा कन्जरभेटिभको जितको सम्भावना

काठमाडौँ- अस्ट्रेलियाको भिक्टोरिया राज्यमा शनिबार सम्पन्न निर्वाचनमा कन्जरभेटिभ लिबरल–नेसनल गठबन्धनले

झारफुकको भाइरल भिडियो प्रकरण : जुम्लामा एक जना पक्राउ

काठमाडौं- झारफुक गर्ने भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको भिडियो प्रकरणमा