मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै « Khabarhub

मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको छ । अन्नपूणं संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्चलेंक, खर्क र पाटनमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गर्न सुरु गरिएको जनाएको छ ।

मुस्ताङमा ड्रोन प्रविधिद्वारा चलचित्र, डकुमेन्ट्री फिल्म र चाडपर्वलगायत श्रव्यदृष्यहरु छायाङ्कन गरिने गरिएको भए पनि अन्नपूर्ण संरक्षण आयोजनाले पहिलो एआई प्रविधिको ड्रोन क्यामेरा वन गस्ती गर्ने कार्यमा प्रयोगमा ल्याएको हो ।

यहाँको कठिन भूगोल र यहाँका उच्चस्थानका न्यून मानव वस्ती रहेका स्थानमा वन अनुगमन गर्नका लागि पहिलो पटक एआई ड्रोन प्रविधि प्रयोगमा ल्याइएको हो ।

एक्याप संरक्षित वन तथा वनपैदावारको संरक्षण तथा वन्यजन्तुको चोरी शिकारीलगायत वन क्षेत्रहरुमा हुने विभिन्न प्रकारका अवाञ्छित गतिविधि नियन्त्रणका लागि उक्त प्रविधि प्रयोगमा ल्याइएको एक्याप जोमसोमका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक संजोग थकालीले जानकारी दिए ।

थकालीका अनुसार वारागुङ मुक्तिक्षेत्र–१ को लुप्रा लेक र घरपझोङ गाउँपालिकाको भ्रप्सा र नमखुलेंक लगायतका स्थानमा गस्ती गर्ने कार्य भइसकेको छ । एक्याप जोमसोमले यार्सा गुम्बा टिप्ने सिजन चलिरहेको अवस्थामा एआई ड्रोन प्रविधिद्वारा छड्के अनुमगन गरिहेको छ ।

यार्सा सङ्कलन गर्ने व्यक्तिबाट हुनसक्ने अवाञ्छित क्रियाकलाप तथा वन तथा उच्चलेकमा पासो थाप्ने र बन्दुक बोकेर गैरकानुनी रुपमा वन्यजन्तुको चोरी शिकारी गर्ने तथा आगलागीको जोखिम सृजना गर्नसक्ने भएकाले छिटोछरितो रुपमा आधुनिक प्रविधिको प्रयोग गरी एआई ड्रोन क्यामेराले वन गस्ती गरिएको हो ।

एक्याप जोमसोमले उक्त ड्रोनको तौल १०६३ ग्रामको रहेको छ । ड्रोनले करिब १५ देखि २० किलोमिटर दुरीसम्म जानसक्छ छ किलोमिटर उचाइसम्म पुग्नसक्छ । ड्रोनलाई प्रतिघण्टा ९० देखि ९७ किलोमिटर गतिमा उडाउन सकिन्छ ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ६ : २१ बजे

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक