चिनियाँ र रुसी राष्ट्रपतिबीच वार्ता, कस्तो छ दुई नेताको सम्बन्ध? « Khabarhub

चिनियाँ र रुसी राष्ट्रपतिबीच वार्ता, कस्तो छ दुई नेताको सम्बन्ध?


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बेइजिङमा द्विपक्षीय वार्ता सुरु भएको छ । विश्व राजनीतिको परिदृश्य बदलिइरहेका बेला दुई शक्तिशाली मुलुकका नेताहरूबीच भइरहेको यो भेटवार्तालाई निकै चासोका साथ हेरिएको छ ।

बीबीसीका चीन संवाददाता लाउरा बिकर र रुस सम्पादक स्टिभ रोजेनबर्गले यी दुई नेताबीचको सम्बन्धको गम्भीर विश्लेषण गरेका छन् । उनीहरूले विश्वकै ध्यान केन्द्रित गर्ने एउटा मुख्य प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छन्– “सी र पुटिन वास्तवमै ‘उत्कृष्ट मित्र’ हुन्, या यो केवल भूराजनीतिक स्वार्थको साझेदारी मात्र हो ?”

पछिल्ला वर्षमा चीन र रुसबीचको रणनीतिक साझेदारी निकै बलियो देखिए पनि विश्लेषकले यसलाई पश्चिमा देशहरूविरुद्धको साझा मोर्चा र रणनीतिक स्वार्थको उपजका रूपमा समेत व्याख्या गर्दै आएका छन् । बेइजिङमा जारी यो उच्चस्तरीय भेटवार्ताले दुई देशको आगामी सम्बन्ध र विश्व भू-राजनीतिलाई कुन दिशा दिनेछ भन्नेबारे अहिले बहस चुलिएको छ ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ६ : ३६ बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको