हर्कले भने : यो सरकार संसद्‍प्रति जिम्मेवार छैन, हाम्रो विरोध रोकिँदैन « Khabarhub

हर्कले भने : यो सरकार संसद्‍प्रति जिम्मेवार छैन, हाम्रो विरोध रोकिँदैन


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले सरकार संसद्प्रति जवाफदेही नभएको आरोप लगाउँदै विरोध जारी रहने बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री र मन्त्रीहरू अनुपस्थित रहने प्रवृत्तिप्रति आपत्ति जनाए। उनले संसद् जनताको प्रश्न उठाउने थलो भएकाले सरकार त्यसप्रति अनिवार्य रूपमा उत्तरदायी हुनुपर्ने बताए।

सदन अघि बढेको सातौँ दिनसम्म श्रम संस्कृति पार्टीले पर्चा र पम्प्लेटसहित निरन्तर विरोध गरिरहेको उल्लेख गर्दै उनले सरकार जिम्मेवार नबन्दासम्म आन्दोलन नरोकिने चेतावनी दिए।

उनले संसद्को नियमावली सरकारका हकमा कार्यान्वयन नभएको टिप्पणी गर्दै प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म संसद्कै उत्पत्ति भएकाले सदनप्रति जवाफदेही हुनुपर्ने धारणा राखे।

सांसद राईले प्रधानमन्त्री र मन्त्रीहरूलाई संसद्मा उपस्थित गराउन सभामुख डोलप्रसाद अर्यालले रुलिङ गर्नुपर्ने माग पनि गरे।

यसअघि सदनमा लगातार विरोध भइरहेपछि सभामुख अर्यालले कारबाहीको चेतावनी दिएका थिए।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ११ : ३० बजे

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३। ठीक एक वर्षअघि यही दिन काठमाडौँका सडक

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट