त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्‍यो सिल « Khabarhub

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्‍यो सिल


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ ।

मङ्गलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्डविपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्य असरपार्ने कार्य भएको भेटिएकाले सिल गरिएको प्रशासनले जनाएको छ ।

खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालयका प्रमुख निराजन मगरका अनुसार उपभोक्ताको पटकपटकको गुनासोपछि टोलीले उक्त उद्योगमा अनुगमन गर्दा मादण्डविपरीत पानी उत्पादन गरिरहेको पाइएकाले तत्काल सिल गरिएको छ ।

यसभन्दाअघि उक्त उद्योगमा मादण्डविपरीत काम गरेको पाइएकाले सामान्य दण्ड जरिवाना गरिएको तर पटकपटक निर्देशन दिँदा अटेरी गरेर उपभोक्ताको स्वास्थ्यमा हानि हुने काम गरेको पाइएका कारण यसपटक भने उद्योगलाई सिल गरिएको खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ ।

उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डेले पटकपटक सचेत गराउँदा पनि अटेरी गरेर मादण्डविपरीत काम गरेका कारण अहिले बाध्य भएर उद्योग सिल गरिएको बताए ।

यस्तै, सो मिनरल उद्योगबाट उत्पादन गरेर बजार क्षेत्रमा विस्तार गरिएका ‘मिनरल वाटर’ सबै बिक्रीमा रोक लगाइएको प्रशासनले बताएको छ ।
 

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ११ : ५२ बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको