एमालेको आरोप : सुकुम्वासीमाथि सरकारको अमानवीय व्यवहार रोकिएन « Khabarhub

एमालेको आरोप : सुकुम्वासीमाथि सरकारको अमानवीय व्यवहार रोकिएन


६ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले उपत्यकासहित विभिन्न स्थानबाट हटाइएका सुकुम्वासीमाथि वालेन्द्र शाह नेतृत्वको सरकारको अमानवीय व्यवहार नरोकिएको बताएका छन्।

बुधबार बसेको प्रतिनिधि सभाको आकष्मिक समयमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘हिजो मात्रै नेपाल सरकारले गम्भीर त्रुटि गरेको छ। दिगो बसोबासको व्यवस्था नगरी सुकुमवासीलाई उठिबास लगाएको छ। त्यो सरकार यो जेठ, असार र साउनका हरेक परिवारलाई १५ /१५ हजार दिन्छौँ भन्दैछ । यसरी दैनिक एक सयका दरले कसरी एउटा परिवार काठमाडौंमा बाँच्न सक्छ?’, उनले भने, ‘यो सुकुम्वासीमाथि गरिएको अमानवीय हमला हो । अस्थायी बास बसेको ठाउँबाट उनीहरूलाई बलजफ्ति निकालिकएो छ। होल्डिङ सेन्टरमा अमानवीय व्यवहार भएको छ।’

उनले हचुवाका भरमा पुनर्स्थपनाका लागि भन्दै २५ हजार दिने कुराले सुकुम्वासीलाई झन् समस्यामा पार्ने पनि बताएका छन् । बरालले सरकारको यो किसिमको व्यवहारले समस्यामा परेका सुकुम्वासी झन् झन् अपमानित हुँदै गएको गुनासो गरे ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ११ : ४२ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास