एमाले सांसदको गुनासो : रास्वपाका सांसदले हेपे, सभामुखले पनि विभेद गरे « Khabarhub

एमाले सांसदको गुनासो : रास्वपाका सांसदले हेपे, सभामुखले पनि विभेद गरे


६ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेकी सांसद एशुदाकुमारी बरालले सत्तारुढ दलका सांसदहरूले पुराना दलका सांसदहरूलाई अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाएकी छन् ।

बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद बरालले सत्तारुढ दलका सांसदहरूले बोल्ने क्रममा पुराना दलका सांसदहरूलाई होच्चाउने र अमानवीय व्यवहार गर्ने गरेको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले संसद्भित्र सबै सांसदहरूको हैसियत बराबर भएको बताउँदै आफूहरू बादविवाद नभइ जनताका कुरा राख्न आएको दाबी गरिन्।

उनले सत्तारुढ दलका सांसदहरूले सदनमा देखाएका अशिष्ट व्यवहारप्रति तत्काल ध्यानाकर्षण गर्दै त्यस्ता शब्दहरू रेकर्डबाट हटाउन माग पनि गरिन् ।

उनले विपक्षी दलका सांसदहरुले बोलेका शब्दहरू हटाउन सभामुख डोलप्रसाद अर्यालको तत्काल ध्यानकर्षण हुने तर सत्तापक्षका सांसदले बोलेका अशिष्ट शव्दहरूप्रति ध्यानाकर्षण नभएको बताइन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  १२ : २८ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली