रुस–चीन ग्यास सम्झौता अनिश्चित, ‘पावर अफ साइबेरिया–२’ परियोजना अलपत्र « Khabarhub

रुस–चीन ग्यास सम्झौता अनिश्चित, ‘पावर अफ साइबेरिया–२’ परियोजना अलपत्र


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – रुस र चीनबीच बहुचर्चित ‘पावर अफ साइबेरिया–२’ प्राकृतिक ग्यास पाइपलाइन परियोजनामा केही प्राविधिक प्रगति भए पनि अन्तिम सम्झौता हुन सकेको छैन ।  भ्लादिमिर पुटिन र शी जिनपिङबीच बेइजिङमा भएको उच्चस्तरीय वार्तापछि पनि अर्बौं डलरको ऊर्जा परियोजना निष्कर्षमा पुग्न नसकेको हो ।

सन् २०२२ मा युक्रेनमाथिको आक्रमणपछि पश्चिमी प्रतिबन्धका कारण आर्थिक रूपमा चीनमाथि निर्भरता बढाएको   

रूसले लामो समयदेखि उक्त परियोजना अघि बढाउन प्रयास गर्दै आएको छ । तर चीनले भने परियोजनाप्रति सावधानीपूर्ण र सीमित रुचि देखाउँदै आएको विश्लेषण गरिएको छ ।

क्रेमलिनका प्रवक्तादिमित्री पेस्कोभका अनुसार पाइपलाइनको मार्ग र निर्माण प्रक्रियाबारे दुवै पक्षबीच ‘आधारभूत समझदारी’ बनेको छ । यद्यपि समयसीमा तय हुन नसकेको र केही प्राविधिक तथा व्यावसायिक विषयमा अझै छलफल जारी रहेको उनले बताएका छन् ।

पुटिन–सी वार्तापछि सार्वजनिक गरिएको सम्झौताहरूको सूचीमा भने ‘पावर अफ साइबेरिया–२’ परियोजनाको औपचारिक उल्लेख गरिएको छैन । यसले परियोजनाको भविष्य अझै अनिश्चित रहेको संकेत गरेको छ ।

प्रस्तावित पाइपलाइनमार्फत वार्षिक करिब ५० अर्ब घनमिटर ग्यास चीनतर्फ आपूर्ति गर्ने लक्ष्य राखिएको छ । रुसका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको यो परियोजनाले युरोपतर्फ घटेको ऊर्जा निर्यातको विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

प्रस्तावित मार्गअनुसार पाइपलाइन उत्तरी साइबेरियाको यमाल प्रायद्वीपबाट सुरु भएर मङ्गोलिया हुँदै चीनसम्म करिब दुई हजार ६०० किलोमिटर दूरी पार गर्नेछ ।

विश्लेषकहरूका अनुसार रुसले मध्यपूर्वको तनाव र विश्व ऊर्जा बजारको अस्थिरतालाई अवसरका रूपमा प्रयोग गर्दै परियोजनामा प्रगति गराउने प्रयास गरेको हो । तर चीनले ऊर्जा स्रोतको विविधीकरण, मूल्य स्थायित्व र दीर्घकालीन सुरक्षालाई प्राथमिकता दिँदै यसप्रति अपेक्षाकृत कम उत्साह देखाएको बताइएको छ ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ४ : ४० बजे

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा