काफल बेच्दा नगर प्रहरीको दुर्व्यवहार भोगेकी धमिलासँग मेयरले मागिन् माफी « Khabarhub

काफल बेच्दा नगर प्रहरीको दुर्व्यवहार भोगेकी धमिलासँग मेयरले मागिन् माफी


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- यहाँस्थित वीरेन्द्रनगर नगरपालिकाले नगर प्रहरीबाट दुर्व्यवहारमा परेकी एकजना महिलासँग माफी मागेको छ।

वीरेन्द्रनगरको सडकमा डालोबाट काफल बेच्दै हिँडेकी महिलालाई नगर प्रहरीले दुर्व्यवहार गरेको घटनामा माफी माग्दै नगर प्रमुख मोहनमाया ढकालले उचित राहत तथा क्षतिपूर्ति दिएकी हुन्।

वीरेन्द्रनगर नगरपालिका कार्यालयमै बोलाएर मेयर ढकालले काफल बेच्दै आएकी महिला धमिला चौलागाईँसँग माफीसहित क्षतिपूर्ति पनि दिएकी हुन् । क्षतिपूर्ति रकम ढकालले उनलाई १० हजार उपलब्ध गराएकी छन्।

यस्तै, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले सूचना जारी गर्दै घटनामा संलग्नमाथि आवश्यक कारबाही गरिने बताएका छन्।

बुधबार विज्ञप्ति जारी गर्दै नगर क्षेत्रभित्र सडक पेटी तथा फुटपाथ व्यवस्थापन गर्ने क्रममा वडा नम्बर ६ स्थित सिटी बसपार्क क्षेत्रमा डालामा काफल बेच्दै गरेकी महिला चौलागाईंमाथि नगर प्रहरीले गरेको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ।

नगरपालिकाले घटनामा संलग्न नगर प्रहरीमाथि विभागीय कारबाही गरिने बचन दिएको छ। पीडित महिलालाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराइने निर्णय भएको जानकारी विज्ञप्तिमा दिइएको छ।

घटनापछि सामाजिक सञ्जालमा नगर प्रहरीको व्यवहारको आलोचना भएको थियो। त्यसपछि नगरप्रमुख ढकालले पीडित महिलासँग भेटेर क्षमायाचना गर्दै समस्या समाधानका लागि पहल गरेकी हुन्।नगरपालिकाले गल्ती स्वीकार गर्दै सुधारको प्रक्रियामा अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ५ : ४७ बजे

इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता

सुराबाया– इन्डोनेसियाको जाभा टापुनजिक आइतबार यात्रुवाहक फेरिमा आगलागी हुँदा कम्तीमा

मधेसमा चहलपहल बढ्दै

जनकपुरधाम– अशान्त मधेस प्रदेशमा क्रमशः चहलपहल बढ्दै गएको छ । सिरहाको

१५ बुँदे माग राख्दै वीर अस्पतालका नर्स आन्दोलित

काठमाडौं- विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका

दाह्रा काटिएको ध्रुवे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन

चितवन– बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती ध्रुवे

कोशीमा हिक्मत हटाउन शेरधन कार्ड खेलाउँदै ओली, धमाधम सांसद फकाउँदै

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउन नेकपा एमालेका अध्यक्ष केपी