वीरगञ्ज महानगरपालिकाले प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएन « Khabarhub

वीरगञ्ज महानगरपालिकाले प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएन


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– सङ्घीय सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई वीरगञ्ज महानगरपालिकाले हाजिर गर्नबाट अवरोध गर्दै आएको छ । 

नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ फागुन १२ गतेको निर्णयानुसार वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रेशमलाल कँडेललाई सरुवा गरिएको थियो । तर, वीरगञ्ज महानगरले प्रमुख प्रशासकीय अधिकृत कँडेललाई हाजिर गर्ने वातावरण भने तयार पारेको छैन । 

विगत १० दिनदेखि प्रमुख प्रशासकीय अधिकृत कँडेल वीरगञ्जमै छन्। तर उनलाई महानगरपालिकाले हाजिर गर्न भने दिएको छैन । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले सङ्घीय सरकारले गत फागुन १२ गते प्रमुख प्रशासकीय अधिकृत कँडेलको सरुवा गरेको भए पनि उनले वीरगञ्ज आउन ढिलाइ गरेको आरोप लगाए। 

‘उहाँ सरुवा हुनेबित्तिकै आउन चाहनुभएन्’, महानगर प्रमुख सिंहले भने, ‘अहिले उनी मन्त्रालयले ताकेता गरेपछि मात्रै आउन खोज्नुभएकाले पनि हाजिरी गराउन नखोजेका हौँ । हामीलाई उनीभन्दा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिएमा राम्रो हुने थियो भन्दै आएका छौँ ।’

प्रमुख प्रशासकीय अधिकृत कँडेलले भने आफू वीरगञ्जमै भए पनि महानगरको कार्यालयमा गएर हाजिरी गर्ने वातावरण नभएको जानकारी दिए ।

‘विगत १० दिनदेखि वीरगञ्जमै बस्दै आएको छु । अहिलेसम्म महानगरमा हाजिर गर्ने वातावरण बनेको छैन । म अहिले पनि हाजिर हुने प्रतीक्षामा जिल्ला प्रशासन कार्यालयमा आएर बसिरहेको छु’, प्रमुख प्रशासकीय अधिकृत कँडेलले भने। 

 भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले अहिलेको सरकारले भन्दा पनि यसअघिको सरकारले प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेकाले हाजिर गराउने विषयमा वीरगञ्ज महानगरसँग समन्वय गरिरहेको बताए। 

‘मन्त्रालय र वीरगञ्ज महानगरबीच समन्वय भइरहेको छ । केही दिनभित्रै अहिले देखिएको समस्या समाधान हुने विश्वास लिएका छौँ’, उनले भने। 

महानगर प्रमुख सिंहले प्रमुख प्रशासकीय अधिकृत नहुँदा यहाँको आर्थिक र प्रशासकीय काम रोकिएको दाबी गरे। मन्त्रालयले गत वैशाख ४ गते यसअघिका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णसँग रहेको आर्थिक र प्रशासनिक जिम्मेवारी हटाएको थियो । उनी महानगरका शिक्षा महाशाखाका १०औँ तहका कर्मचारी हुन्।
 

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ७ : २१ बजे

मेची राजमार्ग : राजदुवालीको पहिरो जोखिम यो वर्ष पनि उस्तै

मेची राजमार्गको झापा–इलाम खण्डको राजदुवाली पहिरो यो राजमार्गकै सबैभन्दा जोखिमपूर्ण

प्रधानमन्त्री बन्ने दौडमा बर्नह्याम, आज सार्वजनिक गर्दै आर्थिक एजेन्डा

लन्डन- बेलायतका प्रधानमन्त्रीका प्रमुख प्रतिक्षारत उम्मेदवार एन्डी बर्नह्यामले सोमबार आफ्नो बहुप्रतीक्षित

रेसुङ्गाले गर्‍यो १० जना उद्यमीलाई सम्मान

गुल्मी– रेसुङ्गा नगरपालिकाले ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’का सर्वोत्कृष्ट

चीनका राष्ट्रपति सी र बेलारुसका नेता लुकासेन्कोबीच भेटवार्ता

एजेन्सी– चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग

गुल्मीमा खडेरीले किसान चिन्तित

गुल्मी– जिल्लामा अधिकांश खेत आकासेपानीमा निर्भर भएका कारण कृषकलाई धान