काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सह-संयोजक माधव नेपाललाई भेटेका छन् । पाँच दिनका लागि एन्टिबायोटिक चलाएर स्वास्थ्य लाभ गरिरहेका नेपाललाई भेट्न प्रचण्ड उनकै निवास पुगेका थिए।
श्रीलङ्काबाट आइतबार फर्किएका प्रचण्डले माधवसँग भेटेर प्रदेश सरकारहरूको विषयमा निर्णय लिने तयारी थियो। प्रदेश सरकारका लागि अहिले नेपाली कांग्रेस र नेकपा एमाले दुवैले संवाद अगाडि बढाएका छन्।
सोमबार बिहान करिब १ घण्टा जस्तो भेटवार्ता भएको नेपाल र प्रचण्डको छलफलमा एमाले र कांग्रेस दुवैसँग संवाद अगाडि बढाउने निचोड निस्किएको छ।
तर अन्तिम निर्णय लिने बेला छलफल गर्ने सहमति भएको छ। माधव-चण्ड भेटवार्तामा कांग्रेससँग एमाले दुवैसँग संवाद गरेर कम्फर्टेबल अवस्थामा सहकार्यको हात अघि बढाउने छलफल भएको स्रोतको भनाइ छ ।
नेपालका सचिवालय सदस्य लक्ष्मण रेग्मीका अनुसार दुई नेताहरूबीच संवादको थालनी भएको छ। दुवै पक्षसँग संवाद अगाडि बढाउने विषयमा सामान्य छलफल भएको उनले बताए ।
अहिलेलाई दुवै पक्षसँग संवाद अगाडि बढाउने भन्ने छलफल भएको छ। त्यस्तो उपलब्धिमूलक केही निर्णय भएको छैन’, रेग्मीले भने, ‘दुई नेताहरूबीच लामो कुराकानी हुन सकेन । स्वास्थ्य लाभ गरिरहेकाले फेरि भेट्ने कुरा भएको छ।’
उता एमालेका अध्यक्ष केपी शर्मा ओली लचिलो भएर नेकपासँग सहकार्य गर्न खोजे संवाद बढाउन दुई नेताबीच प्रारम्भिक छलफल भएको छ । पछिल्लो समय ओली प्रचण्डसँग लचिलो भएर थप छलफल गर्न लागेका छन् । यदि ओली लचिलो भएमा नेकपा र एमालेबीच प्रदेशको सत्ता समीकरणबारे संवाद हुन सक्छ।
यस्तोमा सोमबार नै प्रचण्डले ओलीलाई भेट्ने तालिकाबारे आफूहरूलाई जानकारी नभएको प्रेस सल्लाहकार गोविन्द आचार्य बताउँछन्। आचार्यका अनुसार आवश्यक परे नेताहरूसँग भेटवार्ता गर्ने प्रचण्डको योजना छ । तर अहिले नै ओलीसँगको भेट निश्चित नभइसकेको उनले बताए ।
कांग्रेससँग के हुन्छ?
सम्भावित सत्ता समीकरणबारे नेपाली कांग्रेसका सभापति गगन थापा र प्रचण्डबीच निरन्तर फोन संवाद भइरहेको छ। तर प्रचण्डले एमालेसँग गठबन्धन तोडेको औपचारिक निर्णय भएपछि मात्रै थप संवाद अगाडि बढाउने तयारी गरेको सूचना गगनसँग पुगेको छ।
गगन र प्रचण्डले चाहेमा भेटवार्ता हुन सक्छ । तर अहिलेसम्म दुवै नेता भेट्ने तय भएको छैन ।
‘दुवै नेताले चाहेमा भेट हुन सक्छ । तर त्यो सम्भावना छैन, दुवै नेताहरू आफ्नो आन्तरिक तयारीमा हुनुहुन्छ । त्यसकारण कांग्रेसले औपचारिक रुपमा गठबन्धन फुटेको निर्णयनि गरिसकेको छैन’, कांग्रेसका एक पदाधिकारीले भने, ‘सहकार्यका लागि केही सकारात्मक कुरा आएका छन् । तर उहाँहरूको औपचारिक निर्णयपछि थप छलफल गरौं भन्नुभएको छ। हामी जबरजस्ती गर्ने पक्षमा छैनौँ।’











प्रतिक्रिया