बिलखबन्दमा रवि : महाधिवेशनको २५ दिन बित्दा पनि टुंग्याउन सकेनन् केन्द्रीय सदस्य र पदाधिकारी « Khabarhub

बिलखबन्दमा रवि : महाधिवेशनको २५ दिन बित्दा पनि टुंग्याउन सकेनन् केन्द्रीय सदस्य र पदाधिकारी


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन सकिएको २५ दिन बितिसकेको छ । तर सभापति रवि लामिछानेले अझै पनि बाँकी पदाधिकारी, केन्द्रीय सदस्य र सचिवालय सदस्य टुंग्याउन सकेका छैनन्।

पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट १२ गतेसम्म चितवनमा भएको थियो। महाधिवेशनको २५ दिन बितिसक्दा पनि उनले पदाधिकारी, केन्द्रीय सदस्य र सचिवालय सदस्य टुंग्याउन सकेका छैनन्।

रास्वपार्टी विधानमा ५१ जना केन्द्रीय सदस्य, १० जना पदाधिकारी र १८ भन्दा बढी सचिवालय सदस्य सभापतिले टुङ्ग्याउने प्रावधान छ।

त्यसमा प्रवक्ता, महामन्त्री, उपसभापति, कोषाध्यक्ष लगायत पदहरू पनि मनोनित गर्ने अधिकार सभापतिलाई दिइएको छ।

तर रविले अहिलेसम्म ती कुनै पनि पदमा मनोनित गर्न सकेका छैनन्। गत मङ्गलबार पदाधिकारी सचिवालय र केन्द्रीय सदस्य टुंग्याउन वरिष्ठ नेता वालेन्द्र शाह र रविबीच छलफल भएको थियो । तर उक्त छलफल निष्कर्षमा पुगेन ।

त्यहीकारण रविले कुनै पनि पदमा लैजान व्यक्तिको नाम टुंग्याउन नसकेका हुन् । यसबारे नेताहरू सभापतिलाई अधिकार दिएकाले गृहकार्य अघि बढाएको बताउँछन्।

‘हामी सबैसँग एक चरणमा छलफल सक्नुभएको छ, त्यसैले उहाँले गृहकार्य गरिरहनु भएको होला। चाँडै नै टुंग्याउने प्रयत्नमा हुनुहुन्छ’, नेतृ समीक्षा बास्कोटा भन्छिन, ‘विधानले सभापतिलाई अधिकार दिएकाले गृहकार्य गरिरहेको बुझेका छौँ, अस्ति नै टुंग्याउनुपर्ने हो तर प्राविधिक समस्या र सहमतिको सन्देश दिन केही ढिला भएको हो ।’

सहमति नजुटेको हो ?

पदाधिकारी मनोनित गर्दा दोहोरो जिम्मेवारी दिन नहुने मत पार्टीभित्र छ। विभिन्न समूहबाट आएकालाई जिम्मेवारी दिनुपर्ने र मन्त्रीहरूलाई पदाधिकारीमा ल्याउन नहुने अडान नेताहरूको छ।

अहिले रवि त्यहीकारण दबाबमा परेका छन् । प्रधानमन्त्रीसमेत रहेका बालेन पक्षबाट, विवेकशील साझा पक्ष, थारु समूह र दलितबाट पनि समेट्नु पर्ने दबाब रविलाई छ।

उनले संस्थापन पक्षका नेताहरू पनि समेट्ने प्रयत्न गरेका छन् । महामन्त्री विपिन आचार्यले पदाधिकारी र सचिवालय ल्याउनेलाई पहिले केन्द्रीय सदस्यमा मनोनित गर्नुपर्ने भएकाले सभापतिले आवश्यक गरिरहेको जानकारी दिए ।

विभिन्न क्लस्टरबाट समायोजनमा आएकालाई समेट्नुपर्ने कारण रविले गृहकार्य सक्न पाएका छैनन् । पार्टीको महाधिवेशन भएको २५ मध्ये एक दिन शुभकामना कार्यक्रमबाहेक केन्द्रीय समिति बैठक बस्न सकेको छैन ।

केन्द्रीय समिति बैठक नबसे पनि सभापतिले आफैँ मनोनित गर्न सक्नछन् । त्यसलाई केन्द्रीय समितिले आधिकारिक दिन सक्ने प्रावधान रहेको पार्टी नेतृ अधिकारी बताउँछिन्। पार्टीका निर्वाचित सह-महामन्त्री हरि ढकालले पनि सभापतिलाई सबै अधिकार दिएकाले अन्तिममा मात्रै केन्द्रीय सदस्य बसेर मनोनित गर्न सक्ने जानकारी गराए ।

तर बालेनसहित पछिल्लो पटक पार्टीमा आएकाहरूलाई सहमत गराउन नसकेका कारण रविले ५१ जनाको केन्द्रीय समिति सदस्यमा अरूलाई थप्न सकेका छैनन् । पदाधिकारी र सचिवालय सदस्य टुंग्याउने काम पनि अलपत्र छ । सहमतिका लागि विभिन्न चरणमा रविले आफूनिकट र समायोजनको प्रक्रियाबाट आएका नेताहरूसँग छलफल गरिरहेका छन्।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ५ : ०१ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया