हङकङबाट देउवाको सन्देश : लोकतन्त्रमाथि दबाब बढ्दैछ, संविधानको रक्षाका लागि स्वदेश फर्किँदैछु « Khabarhub

हङकङबाट देउवाको सन्देश : लोकतन्त्रमाथि दबाब बढ्दैछ, संविधानको रक्षाका लागि स्वदेश फर्किँदैछु


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षाका लागि आफू स्वदेश फर्किन लागेको घोषणा गरेका छन्।

जननायक बिपी कोइरालाको स्मृति दिवसका अवसरमा जारी सन्देशमा उनले पछिल्ला राजनीतिक घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रतिशोधको राजनीतिविरुद्ध सबै लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान गरेका हुन्।

देउवाले बिपी कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र मेलमिलापको उनको विचार आज पनि आफ्नो राजनीतिक यात्राको मार्गदर्शक रहेको बताएका छन्।

बिपीको नेतृत्वमा राजनीतिक यात्रा सुरु गर्न पाउनु आफ्नो जीवनको सबैभन्दा ठूलो सौभाग्य भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य र जनअधिकारको पक्षमा आफ्नो अडान कहिल्यै नबदलिएको बताएका छन्।

विगत छ दशकभन्दा बढी समय नेपाली कांग्रेसको साधारण कार्यकर्तादेखि पार्टी नेतृत्वसम्मको यात्रामा निरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधी शक्तिविरुद्ध संघर्ष गरेको उल्लेख गर्दै उनले जेल, प्रतिबन्ध र राजनीतिक दमनका बीच पनि लोकतन्त्रको पक्षमा निरन्तर उभिएको बताएका छन्।

देउवाले नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्नुका साथै शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्पपछिको पुनर्निर्माण र कोभिड–१९ महामारीका बेला जिम्मेवार भूमिका निर्वाह गरेको स्मरण गरेका छन्।

स्वास्थ्य उपचारका क्रममा केही महिनादेखि परिवारसहित विदेशमा रहे पनि आफ्नो ध्यान निरन्तर देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको उनले उल्लेख गरेका छन्।

पछिल्ला राजनीतिक घटनाक्रमप्रति टिप्पणी गर्दै देउवाले फरक विचारप्रतिको असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग, राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन तथा प्रतिपक्षलाई दबाउने प्रवृत्ति लोकतान्त्रिक समाजका लागि अस्वीकार्य भएको बताएका छन्। उनले यस्तो संस्कृतिको विरोध गर्नु नेपाली कांग्रेसको ऐतिहासिक दायित्व भएको उल्लेख गरेका छन्।

देउवाले सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाएको, स्वतन्त्र न्यायपालिका, संवैधानिक निकाय र लोकतान्त्रिक प्रणालीमाथि दबाब सिर्जना गर्ने संकेत देखिएको आरोप लगाएका छन्।

न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखेर प्रतिपक्षलाई आतंकित गर्ने प्रयास भइरहेको उनको दाबी छ।

उनले अहिले देशलाई विभाजन होइन एकता, अविश्वास होइन विश्वास र प्रतिशोध होइन सहकार्य आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय संवाद र साझा सहकार्यमा जोड दिएका छन्।

देउवाले लोकतन्त्र, राष्ट्रियता, समाजवाद र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, युवा पुस्ता र आमनेपाली जनतालाई आह्वान गर्दै आफू स्वदेश फर्कन लागेको घोषणा गरेका छन्।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ५ : ५८ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया