बिनु यादवलाई महिलामन्त्रीले भनिन्- आवश्यक सहयोग गर्छु « Khabarhub

बिनु यादवलाई महिलामन्त्रीले भनिन्- आवश्यक सहयोग गर्छु


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले आज मन्त्रालयमा भेटवार्ता गरेकी छन् ।

भेटवार्ताका क्रममा यादवले आफ्नो मुद्दासँग सम्बन्धित न्यायिक प्रक्रिया, स्वास्थ्य अवस्था, जीविकोपार्जन तथा आफूले उठाउँदै आएका अन्य मागका विषयमा मन्त्रीसमक्ष आफ्ना धारणा राखेकी थिइन् ।

उनले यसअघि सरकार पक्षसँग भएको सहमति कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्रालयसमक्ष लिखित निवेदनसमेत पेश गरेकी छन् ।

मन्त्री बादीले यादवले उठाएका विषयप्रति मन्त्रालय संवेदनशील रहेको उल्लेख गर्दै मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषयमा आवश्यक पहल, समन्वय र सहजीकरण गरिने बताइन् । 

उनले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी कानुनबमोजिम प्रक्रिया अघि बढाउन मन्त्रालयले आफ्नो भूमिकाअनुसार आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

भेटवार्ताका क्रममा बिनु यादवको स्वास्थ्य अवस्था, आवश्यक सहयोग तथा जीविकोपार्जनसँग सम्बन्धित विषयमा समेत छलफल भएको थियो ।

साथै, मन्त्रालयको कार्यक्षेत्रभन्दा बाहिर रहेका विषयहरू सम्बन्धित निकायमा आवश्यक पहलका लागि पठाइने विषयमा समेत छलफल भएको छ।

मन्त्री सिता बादीले नागरिकका गुनासा तथा सरोकारप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै संवाद, समन्वय र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्नु सरकारको दायित्व भएको बताइन् । 

उनले मन्त्रालयको अधिकार क्षेत्रभित्र पर्ने विषयमा आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ७ : २० बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया