संसदीय सुनुवाइ समितिका सुरक्षासम्बन्धी उजुरी, छानबिनका लागि मन्त्रालय पठाइने « Khabarhub

संसदीय सुनुवाइ समितिका सुरक्षासम्बन्धी उजुरी, छानबिनका लागि मन्त्रालय पठाइने


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले सुरक्षासँग सम्बन्धित प्राप्त उजुरीलाई सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।  

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सुरक्षासँग सम्बन्धित प्राप्त उजुरीमाथि छलफल गर्ने समितिको कार्यक्षेत्र नभएकाले आवश्यक कारबाहीका लागि सचिवालयमार्फत सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय भएको सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए  ।

साथै सूचना मागका सम्बन्धमा मागिएका विषयहरूको जानकारी समितिका तर्फबाट लिखित रूपमा यसअघि नै उपलब्ध गराइसकिएको र थप विवरण आवश्यक परेमा नियमानुसार उपलब्ध गराउन सचिवालयलाई निर्देशन दिइएको उनले बताए ।

उनले कुनै व्यक्ति विशेषले बोलेको कुरा छुट्टै व्यक्तिगत नोट बनाएर दिने वा सिफारिस गर्ने विगतको अभ्यास नरहेको उल्लेख गरे । बैठकका सम्पूर्ण छलफलहरू अडियो रेकर्डका रूपमा सुरक्षित रहने र मिडियामार्फत समेत सार्वजनिक भइसकेकाले जो–कसैले सन्दर्भ सामग्री का रूपमा सुन्न वा हेर्न सक्ने व्यवस्था रहेको उनको भनाइ छ ।

त्यस्तै समितिले सदस्यहरूका लागि आगामी भाद्र १८ र १९ गते अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  १ : ३२ बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र