राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने « Khabarhub

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घोराही– दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको चाप घट्दै गएपछि समय परिवर्तन गरी आइतबारदेखि शुक्रबारसम्म सेवा सञ्चालन गर्ने जनाएको हो ।
 
कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रको विवरण दर्ता, विवरण संशोधन तथा कार्ड लिन आउने सेवाग्राहीलाई यसअघि शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा पनि सेवा दिँदै आइएको थियो । 

पछिल्लो समय सेवाग्राहीको चाप क्रमशः घटेकाले यही भदौ ६ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आइतबारदेखि शुक्रबारसम्म सेवा प्रवाह गरिने जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरी जनाएको छ ।
 
कार्यालयले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन आउने सबै सेवाग्राहीलाई सोहीअनुसार कार्यालयमा उपस्थित हुन आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ४ : ५६ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर