बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू) « Khabarhub

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ । तीजका लागि किनमेल गर्नेको चहलपहल बढेको छ ।

महिलालाई उद्यमशीलता र स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले काठमाडौँमा २३औँ तीज फेस्टिभल तथा ‘सृजनशील उद्यमी मेला २०८३’ सुरू भएको छ । 

महिला श्रृजनशील केन्द्रको आयोजना र राइजिङ नेपाल प्रा.लि (इभेन्ट संसार)को व्यवस्थापनमा बालुवाटारमा शुक्रबारदेखि तीज मेला सुरू भएको हो ।  

मेलामा देशभरका एक सयभन्दा बढी महिला उद्यमीका उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । 

तीजमा आवश्यक परम्परागत पहिरन (साडी, कुर्ती), हस्तकलाका सामान, पोते तथा गहना, पस्मिना, गृह सजावटका सामग्री र विभिन्न स्वादिष्ट परिकार पनि प्रदर्शनी तथा बिक्रीमा राखिएको छ । 

व्यापारिक प्रदर्शनीका साथै महिलाहरूका लागि तीज गीत, नृत्य र सांस्कृतिक कार्यक्रमको पनि हुन्छ ।
 
मेला बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । मेला बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा आइतबारसम्म जारी रहनेछ । 

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ५ : ४१ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर