हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई « Khabarhub

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान गरिने भएको छ । 

नेपाल जन प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हेमबहादुर मल्ल सम्मान २०८२ खनाललाई प्रदान गरिने जनाएको हो । 

त्यस्तै अघिल्लो वर्ष रोकिएको हेमबहादुर मल्ल सम्मान २०८१ डा रामकण्ठ माकाजु श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको नेपाल जन प्रशासन संघका अध्यक्ष मधुरमण आचार्यले जानकारी दिए । 

सार्वजनिक प्रशासन तथा सार्वजनिक सेवाको श्रीवृद्धिमा पुराएको योगदानको विशिष्ट योगदानस्वरुप खनाललाई सम्मान गर्न लागिएको उनले बताए । 

त्यसैगरि नेपालकै उत्कृष्ट नमूना अस्पतालका रुपमा स्थापित धुलिखेल अस्पतालको स्थापना तथा सञ्चालन लगायतमा गुणस्तरीय सेवाको श्रीवृद्धिमा पुराएको योगदान स्वरूप हेमबहादुर मल्ल सम्मान २०८१ श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष आचार्यले बताए ।  

अभिनन्दपत्र र नगद दुई लाखसहितको सम्मान कार्यक्रम यही भाद्र ८ गते अर्पण गरिने संघले जनाएको छ । 

संघले  २०६० सालदेखि सार्वजनिक प्रशासन, व्यवस्थापन, सार्वजनिक वितरण सार्वजनिक सेवा तथा जनसरोकारका क्षेत्रमा उल्लेखनीय योगदान पुराउने व्यक्तिहरूलाई हेमबहादुर मल्ल सम्मान प्रदान गर्दै आएको छ । 

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ५ : ०४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार