ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु « Khabarhub

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । 

मलङ्गवा नगरपालिका–८ स्थित नेपाल बैंक चोक नजिकै ट्रयाक्टरको ठक्करबाट पैदलयात्रा गरिरहेकी गोडैता नगरपालिका–५, की २० वर्षीया गुरियाकुमारी गुप्ताको मृत्यु भएको हो । 

नगरपालिका चोकबाट राजश्री चोकतर्फ जाँदै गरेको ज१त ५२४६ नम्बरको ट्रयाक्टरले गुप्तालाई ठक्कर दिएको थियो । 

लगत्तै उनलाई प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

 युवतीको शव परीक्षणको लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनालगत्तै ट्रयाक्टर चालक गोडैता नगरपालिका–११ का १७ वर्षीय अजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले प्रहरी नायब उपरीक्षक गौतमले बताए । मृतक युवती मलङ्गवास्थित सर्लाही क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्यनरत थिइन् ।
 

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ५ : ०६ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार