डुजुआनले जापानमा जनजीवन प्रभावित « Khabarhub

डुजुआनले जापानमा जनजीवन प्रभावित


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

टोकियो– टाइफुन डुजुआन टोकियो नजिकिँदै गर्दा सोमबार जापानमा कम्तीमा २७५ उडान रद्द भएका छन् भने हजारौँ घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । जापान मौसम विज्ञान एजेन्सीले मङ्गलबारसम्म सेप्टेम्बरको औसत मासिक वर्षाभन्दा बढी पानी पर्न सक्ने चेतावनी दिएको छ ।

चिबा प्रान्तमा चार हजारभन्दा बढी घर विद्युत्विहीन भएका छन् भने टोकियो र आसपासका क्षेत्रमा रेल सेवा प्रभावित भएको छ । जापान एयरलाइन्सले १२० आन्तरिक र १५ अन्तर्राष्ट्रिय तथा अल निप्पोन एयरवेजले १४० आन्तरिक उडान रद्द गरेका छन् ।

एजेन्सीका अनुसार टाइफुनसँगै वर्षा र हावाको गति थप तीव्र हुने तथा केही क्षेत्रमा रेकर्ड तोड्ने भारी वर्षा हुनसक्छ । टोकियोबाट करिब ११० किलोमिटर टाढा हचिजोजिमा नजिक पुग्दा आँधीको हावाको गति प्रतिघण्टा १४४ किलोमिटरसम्म पुगेको थियो ।

भारी वर्षासँगै पहिरोको जोखिम रहेकाले स्थानीय अधिकारीले बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् । आँधीका कारण विश्वकै ठूलो भिडियो गेम व्यापार मेला ‘टोकियो गेम शो’ अन्तिम दिन सोमबार निर्धारित समयभन्दा अगावै बन्द गरिएको छ । चिबामा हुने प्रमुख खुला सङ्गीत महोत्सव र एउटा बेसबल खेलसमेत रद्द गरिएको छ । रासस

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ११ : ५१ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा