बङ्गलादेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु, १३ घाइते « Khabarhub

बङ्गलादेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु, १३ घाइते


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

ढाका– बंगलादेशको राजधानी ढाकाको बाहिरी क्षेत्रमा पर्ने आशुलियामा ग्यास सिलिन्डर विस्फोटपछि भएको भीषण आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

आइतबार राति एक कारखाना परिसरमा पार्किङ गरिएका केही कभर भ्यानमा आगलागी भएको थियो । आशुलिया प्रहरी कार्यालयका प्रमुख मोहम्मद तारिकुल इस्लामका अनुसार कभर भ्यानबाट ग्यास सिलिन्डर झार्ने क्रममा स्थानीय समयअनुसार साँझ करिब ७ बजे विस्फोट भएको हो ।

विस्फोटपछि लागेको आगलागीमा कभर भ्यानभित्रबाट पाँच जनाको शव निकालिएको थियो भने एक जनाको नजिकैको पसलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा सुरुमा १४ जना घाइते भएका थिए। तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएपछि घाइतेको संख्या १३ पुगेको हो ।

प्रहरीका अनुसार आगलागी करिब राति ८ बजे नियन्त्रणमा लिइएको थियो भने १० बजेसम्ममा पूर्ण रूपमा निभाइएको थियो । उद्धार तथा खोजी कार्य राति ११ बजेर ४२ मिनेटमा सम्पन्न भएको जनाइएको छ ।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १२ : १५ बजे

राजदूत प्रकरणमा ज्ञानेन्द्रले घेरे सरकारलाई : विदेशी सहयोगमा पालितपोषितकै हालिमुहाली भएछ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

बर्लिन- जर्मन चान्सलर फ्रेडरिक मर्जको नेतृत्वमाथि दुई राज्यमा भएको निर्वाचनमा उनको

रुसी संसदीय निर्वाचनमा पुटिनको युनाइटेड रसिया पार्टीलाई ठूलो अग्रता

एजेन्सी– साइबर आक्रमण र युक्रेनी ड्रोन हमलाबीच सम्पन्न रुसी संसदीय निर्वाचनमा

पूर्वाधारमन्त्रीले भने- पुरानै जोखिमयुक्त ठाउँमा स्थायी सडक बनाउँदैनौँ

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्पछिको सडक सञ्जाल पुनःस्थापनाका लागि

त्रिपुरेश्वरमा जल्यो बस : चालकले आगो लगाएर आत्मदाह प्रयास गरेको आशंका

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको स्टपमा सार्वजनिक बसका चालकले