देशलाई नै अररो बनाएर निर्वाचन गरियो, पार्टीकै नेताहरू एकचित्त भएनन् : ओली « Khabarhub

देशलाई नै अररो बनाएर निर्वाचन गरियो, पार्टीकै नेताहरू एकचित्त भएनन् : ओली


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूविरुद्ध प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएका छन्। सोमबार सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचनको प्रक्रियामाथि समेत असन्तुष्टि जनाएका छन्।

ओलीले आफूविरुद्ध निरन्तर प्रहार भइरहेको गुनासो गर्दै सरकार, सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट आफूलाई निशाना बनाइएको बताए।

‘अरू पार्टीभन्दा हामीमाथि प्रहार भइरहेको छ। पार्टीको अध्यक्ष र नेतृत्वको हैसियतले अझ ममाथि बढी प्रहार भइरहेका छन्। सामाजिक सञ्जाल होस् या मिडिया, जसले पनि मलाई निरन्तर प्रहार गरिरहेका छन्,’ ओलीले भने।

उनले आफूलाई बिना कसुर पक्राउ गरिएको दाबी गर्दै सरकारको व्यवहार प्रतिशोधपूर्ण रहेको आरोप लगाए।

‘प्रतिशोधपूर्ण व्यवहार र बिना कसुर गिरफ्तारी गरियो। देशलाई नै अरर्याएर शान्तिपूर्ण चुनाव गरियो,’ उनले भने।

ओलीले निर्वाचनका बेला पार्टी नेताहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा एमालेभित्रैबाट पार्टीमा समस्या उत्पन्न गर्ने गतिविधि भएको आरोप पनि लगाए।

‘यस्तो बेलामा पार्टी नेताहरू एकताबद्ध हुनुपर्थ्यो तर हामीभित्रकै केही नेताहरू पार्टीमा उतण्ड मच्चाउनतर्फ लागे। यसले अझ समस्या गर्‍यो,’ उनले भने।

उनले पार्टीका नेता तथा कार्यकर्ताबीच एक मन र एकचित्त भएर अघि बढ्नुपर्नेमा आफ्नै नेताहरूबाट आफूहरूमाथि विभिन्न आक्षेप लगाउने काम भएको बताए।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १ : ०६ बजे

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने