नेताहरूलाई ओलीको चेतावनी : पार्टीको कुरामा जग हँसाइ नगर्नु, न्यायाधीश बन्दै विपक्षीलाई खुसी नबनाउनू « Khabarhub

नेताहरूलाई ओलीको चेतावनी : पार्टीको कुरामा जग हँसाइ नगर्नु, न्यायाधीश बन्दै विपक्षीलाई खुसी नबनाउनू


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आफूलाई हटाउन माग गर्दै उठेको आवाजप्रति तीव्र असन्तुष्टि जनाएका छन्।

ललितपुरको भनिमण्डलस्थित पार्टी प्यालेसमा सोमबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधनका क्रममा उनले महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव योगेश भट्टराईतिर लक्षित गर्दै निशाना साँधेका हुन्।

पार्टीभित्रको पछिल्लो विवादप्रति पनि ओलीले असन्तुष्टि जनाउँदै झोंक पोखेका हुन् । उनले अहिले एमाले एकढिक्का भएर अघि बढ्नुपर्ने बेला पार्टीभित्रै केही व्यक्ति र तत्व समस्या सिर्जना गर्न लागिपरेको आरोप लगाए ।

‘फासीवादी हमलाको प्रतिकार गर्न एकजुट हुनुपर्ने हो । पार्टीभित्रै केही व्यक्ति र तत्वहरू पार्टीभित्रै समस्या सिर्जना गर्न उद्दत भए,’ ओलीले भने ।

पार्टीभित्रका विषय पार्टीमै छलफल गर्नुपर्ने भन्दै उनले बाहिर गएर पार्टी नेतृत्वविरुद्ध बोल्ने र विपक्षीलाई खुसी पार्ने काम नगर्न चेतावनी दिए ।

‘पार्टीमा हुनुहुन्छ भने यहीँ छलफल गर्नुस् । तर बाहिर गएर जग हँसाइ गर्न पाइँदैन, न्यायाधीश हुन पाइँदैन । विपक्षीलाई खुसी पार्ने काम गर्न पाइँदैन,’ उनले भने ।

ओलीले राष्ट्रियताको पहरेदार भएकै कारण एमालेमाथि गत भदौमा सबैभन्दा बढी हमला भएको दाबी गरे । एमालेमाथि झुटा लाञ्छना लगाएर आक्रमण गरिएको उनको भनाइ थियो ।

‘निर्वाचनको ६ महिनामै केन्द्रीय कमिटी बैठक बस्नुपर्थ्यो’

ओलीले प्रतिनिधिसभा निर्वाचनमा एमालेले व्यहोरेको पराजयको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।

‘हामीले फागुन २१ को निर्वाचनमा पराजय किन भोग्यौँ ? त्यसका कारण के हुन् ? तिनको कारण के हो ?’ उनले प्रश्न गरे ।

उनले निर्वाचनको ६ महिनामै केन्द्रीय कमिटी बैठक बस्नुपर्ने भए पनि त्यसो हुन नसकेको बताए । ‘दोस्रो बैठकबाट आठ महिनापछि तेस्रो बैठक गर्दैछौँ । यो विलम्ब हुनुहुँदैनथ्यो, यस पटक भएको छ,’ ओलीले भने ।

बैठक ढिला हुनुमा पछिल्लो राजनीतिक परिस्थितिसँगै व्यक्तिगत कारणसमेत जोडिएको उनले बताए । बुवाको निधन, गिरफ्तारी र स्वास्थ्य समस्याका कारण आफू अलमलमा परेको ओलीको भनाइ छ ।

‘मेरो बुवाको निधन भयो । म गिरफ्तारीमा परेकाले थप अलमल भयो । सानो अपरेशन गर्न खोज्दा ठूलो समस्या आइलाग्यो । अपरेशन गरेपछि निमोनिया भएर ज्यान नै जोखिममा पर्‍यो । निमोनिया ठीक भएपछि घाउमा संक्रमण भयो । त्यही कारण हामीलाई गाह्रो भयो,’ उनले भने ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १ : १८ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको